सबिन यादव,सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लाको बन्दिपुरस्थित डयुटिमा रहेका ट्राफिक प्रहरीका असई सुरेश यादवले ट्रिपर, ट्रयाक्टरदेखि लिएर भठ्ठाबालाहरुसँग समेत सेटिँग मिलाएको खुलेको छ ।
विभिन्न समयमा नेपाल प्रहरी, ट्राफिक प्रहरीले केही रकमको लागि कारवाहीमा पर्ने गरेको भएपनि एक ट्राफिक असईले प्रायः सबै गाडीबालाहरुसँग रकम असुलिरहेको खुलेको छ ।
धनुषा जिल्ला र सिरहा जिल्लाको सीमाको रुपमा रहेको बन्दिपुरस्थित कमला पुल नजिकै डयुटिमा रहने गरेका असई यादवले ट्रयाक्टरबालाहरुको कागजपत्र नभएको खण्डमा कारवाहीको साटो अवैद्य रुपमले रकम उठाउने गरेका छन् ।
कमला नदीबाट अवैद्य उत्खनन गरी ल्याएको बालुवा, गिट्टिमा कारवाही नै नगरी महिनबारी रुपले ट्रयाक्टर धनीसँग रकम लिने गरेको खुलेको छ । ट्राफिक असई यादवले सिरहाको गोलबजार सहित विभिन्न ठाउँमा सँचालनमा रहेको ईटा भठ्ठाबालाहरुसँग समेत सेटिँग गरी उनीहरुबाट महिनबारी उठाएको स्थानीयहरु बताउँछन् ।
सिरहाको गोलबजारस्थित हुँदा पनि असई यादवले ट्याक्टर ,टिपर र इटा भठ्ठाबालहरुसँग रकम असुलेको बताइएको छ ।
ट्राफिक प्रहरीका असई यादवले सिरहाको पहिलो एसपीको नाम लिँदै उनले कमाउने पनि गरेको र काम पनि गरेको बताएका छन् । उनले भनेका छन्,–“पहिलाको एसपी नै ठिक थियो, कमाउँथ्यो पनि र काम पनि गर्दथ्यो ।”
उनको यस्तो वक्तत्वले सिरहा प्रहरीमा देखिएको बेतिथिलाई पनि उजागर गरेको छ ।
उनले गाडीबालाहरुसँग गरेको अवैद्य असुलीको बारेमा सोध्दा कहिलेकाँही गलती भएको हुन सक्ने स्वीकार गरे ।
प्रतिक्रिया