म र मेरो छोरोको ज्यान खतरामा रहेको भन्दै चौधरीको ज्यान रक्षाका लागि अपिल

मधेशपाटी अनलाइन     २०७८ असार २९, मंगलवार १३:०७ बजे मा प्रकासित


धनुषा । जनकपुरधामका एक स्थानीयले म र मेरो छोरोको ज्यान खतरामा रहेको भन्दै ज्यान रक्षाका लागि अपिल गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ विद्यापति चोकका चन्द्रमोहन चौधरीले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो र छोरोको ज्यान रक्षाका लागि अपिल गरेका हुन् ।

उनले अनाहकमा प्रधानमन्त्री कार्यालयबाटै झुठा मुद्दा लगाएर मलाई फसाउने बारम्बार षडयन्त्र हुँदै आईरहेको आरोप लगाए । पटक पटक घरमा खानतलाशी पछि पनि मेरो घरबाट हातहतियार प्राप्त नहुँदा समेत यसरी झुठा मुद्दा लगाइदा मेरो चरित्र हत्या भएको उनको भनाई छ ।

चौधरीका अनुसार जिल्ला प्रहरी कार्यालयमा बुझाइने निवेदनमा न नागरिकता हुन्छ, न निवेदकको नाउँ नै । उनले भने ‘निवेदनमा कुनै थर ठेगाना हुँदैन तै पनि मेरो घरमै गएर खान तलाशी गर्दा म र मेरो १५ वर्षिय छोरो तनावमा रहँदै आएको छ ।’

यता चौधरीले आफूलाई फोनमा धम्की दिने बिरुद्ध उजुरी दिँदा प्रहरी प्रशासन मौन बस्नुले शंका उपशंका उत्पन्न भईरहेको बताए ।

प्रतिक्रिया





Top