नक्कली फेसबुकमा आईडीको बिगबिगी

न्यूज डेस्क     २०७८ असार २९, मंगलवार १३:३२ बजे मा प्रकासित


आजको २१ औं शताब्दीको जमानामा ज्ञान विज्ञानले धेरै नै ठूलो क्रान्ति गरेको छ । भनिन्छ, सुपरसोनिकबाट हाइपरसोनिकमा पुगेको छ । यसरी विज्ञान र प्रविधिको पछिल्लो क्रान्तिले गर्दा नै अहिलेको जमानामा फेसबुक, इन्स्ट्राग्राम, ट्विटर, मेसेन्जर आदि सामाजिक सञ्जालको महŒव झनै बढ्दै गएको छ । यसको महत्व अल्पविकसित देशहरूमा समेत कम छैन । त्यसैले फेसबुक, इन्स्ट्राग्राम, ट्विटर, मेसेन्जर आदि सामाजिक सञ्जालको महत्व के गरिब, के मध्मम वर्ग, के धनी, सबैका लागि सर्वस्वीकार्य ‘जिनिस’ अर्थात् ‘भाँडो’ भएको छ ।
तर, अबका दिनमा फेसबुक, इन्स्ट्राग्राम, ट्विटर, मेसेन्जर आदि खोल्दा सरकारले नागरिकहरूको नागरिकता प्रमाणपत्र नम्बर, नाबालकहरूका हकमा जन्मदर्ता नम्बर र विदेशमा रहेकाहरूका हकमा ९नयाँ खोलेमा० पासपोर्ट नम्बरको प्रविष्टिका आधारमा र सम्बन्धित व्यक्तिको फिंगर प्रिन्ट र सक्कली फोटो टाँस गरेपछि मात्रै फेसबुक, इन्स्ट्राग्राम, ट्विटर, मेसेन्जर आदि सामाजिक सञ्जाल खुल्ने र, एक व्यक्तिले एकभन्दा बढी पटक फेसबुक, इन्स्ट्राग्राम, ट्विटर, मेसेन्जर आदि सामाजिक सञ्जाल खोल्न नपाउने व्यवस्था गर्नुपर्ने आवाज उठेको पाइन्छ ।

किनकि कुनै पनि व्यक्तिले आपूmलाई मन नपरेको व्यक्ति, संघसंस्था, राजनीतिक दल, तिनका नेता, सरकार प्रमुख, राष्ट्र प्रमुख आदिलाई समेत जथाभावी गालीगलौज गर्ने, जस्ता कार्य बढेको भन्ने गुनासो छ ।
हुन पनि जर्नल, पत्रपत्रिका, अनलाइन, ज्ञानगुन र जीवनमा केही न केही सिक्न सकिने सञ्चारका अन्य माध्यममा भने खासै आँखा नजाने हाम्रा ‘फेसबुके’ कामरेडहरू फेसबुकमा भने यसो आँखा लगाउँदा रहेछन् भन्ने राम्रै अनुभव पनि छ, यो पंक्तिकारलाई । त्यसो त फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा केही सिक्ने कुरा नै हुँदैन वा सिक्नै सकिँदैन भन्नेचाहिँ कदापि पनि होइन ।

 

मलाई के विश्वास छ भने त्यसरी लेख नै नपढीकन अन्धाधुन्दमा एकोहोरो कमेन्ट गर्नेहरूमध्ये सम्भवतः ९२(९३ प्रतिशतदेखि ९५(९६ प्रतिशत राई कामरेडहरूको फेसबुक आईडी नक्कली होला । त्यसो त कुनै पनि व्यक्तिले आपूmलाई मन नपरेको विषय, मान्छे, संघसंस्था आदिलाई जथाभावी गालीगलौज गर्न यसरी नक्कली नाममा क्षणिक समयका लागि फेसबुक खोल्ने गरिएको छ वा खोल्ने गरेको देखिएको छ ।
मैलेचाहिँ त्यसरी जथाभावी कमेन्ट गर्नेहरू सबै जनाको नाम सूची बनाएर राखेको छु । किनभने, यसरी नक्कली फेसबुक आईडी बनाएर जथाभावी गालीगलौज गर्ने कामरेडहरूका बारेमा पनि ‘साइबर क्राइम ब्युरो’मा गएर सोधखोज गरेर उनीहरूको वास्तविक नाम पत्ता लगाउन सकिन्छ ।

मैले जबदेखि राई जात वा जाति होइन भन्ने बुझें , तबदेखि नै लेख्दै आएको छु, बोल्दै आएको छु, जनवकालत गर्दै आएको छु । खासमा राई के हो रु जात वा जाति हो कि रु शासकहरूले दिएको अस्थायी रूपको र छोरानातिमा सर्दै जाने पदवी वा पगरी मात्रै हो रु भन्ने विषयमा राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजीओ ९समाजकल्याण परिषद् दर्ता नम्बर–२६५६, काठमाडांै जिल्ला प्रशासन कार्यालय रजिस्टर्ड नम्बर–३२८(०४९(०५०० का हर्ताकर्ताहरू चम्किनुपर्ने हो रु तर, उहाँहरू पटक्कै चम्किनुभएको छैन । तर, जो ‘चल्ला राई’ हुनुहुन्छ, उहाँहरू चम्किनुभएको देखिन्छ ।

प्रतिक्रिया





Top