महान्यायाधिवक्ताबाट बडालले दिए राजीनामा

न्यूज डेस्क     २०७८ असार २९, मंगलवार १३:४५ बजे मा प्रकासित


काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ ।

सोमबार सर्वोच्च अदालतमा मुद्धा हारेपछि राजीनामा दिएको बताइएको छ ।सर्वाेच्चले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी शेर बहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश दिएपछि आफूले राजीनामा गरेको बडालले बताउनुभयो ।

नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बडालले बताउनुभयो ।

दिउँसो १ बजे महान्यायाधीवक्ताको कार्यालयमा बडालको बिदाई समारोह राखिएकाे छ। यस अघि महान्यायधिवक्ता रहनुभएका अग्नि सापकोटाले केही महिना अघि राजीनामा दिएपछि बडाल नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया





Top