जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाको पक्षमा आयो प्रधानमन्त्री ओली

मधेशपाटी अनलाइन     २०७८ असार २९, मंगलवार १५:१२ बजे मा प्रकासित



काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा भए पनि अदालतको परमादेश शेरबहादुर देउवाका पक्षमा गएको बताएका छन् ।

‘जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश शेरबहादुरजीको पक्षमा भयो,’ ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै भने।

सर्वोच्चको परमादेशकै कारण आफूले सरकारबाट बाहिरिन लागेको उनले बताए। सरकारबाट बाहिरिँदा रत्तिभर चिन्ता नभएको ओलीको दाबी थियो।

सिंहदरबार छाड्नु अगाडि आज देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसला मान्ने पनि बताए। आफ्नो नेतृत्वमा विकास, परिवर्तन र रूपान्तरण तथा जनताले राहत महसुस गरेको पनि ओलीको भनाइ छ।

कोरोनाविरूद्ध जनतालाई खोप दिइएको उनले बताए। एक करोड ३१ लाख खोपको मात्रा सुनिश्चित भइसकेको ओलीको भनाइ थियो।

प्रतिकूल अवस्थामा पनि कोरोनाविरूद्ध लडाइँ लडेको उनको भनाइ थियो।

प्रतिक्रिया





Top