यूवा नेता दिपकको नेतुत्वमा सिडिओ महतोलाई भव्य स्वागत

न्यूज डेस्क     २०७८ असार ३०, बुधबार २२:०६ बजे मा प्रकासित


राधेश्याम कुशवाहा,  २५ असार सर्लाही ।  सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा राजकुमार महतो आएदिन देखि नै उहाँलाई स्वागत तथा भेटघाट गर्ने क्रम जारी नै रहेको छ ।
बरहथवा नगरपालिकाका राजनैतिककर्मी, बुद्विजीवि, उधमी व्यापारी एवम समाजिक अगुवा लागायत युवाहरुद्वारा एक विशेष समारोहको आयोजना गरि नव नियुक्त प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) राम कुमार महतोलाई भव्य स्वागत तथा अभिनन्दन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जसपाका केन्द्रिय युवा नेता दीपक महतोले नव नियुक्त प्र.जि.अ लाई स्वागत तथा सफल कार्यकालको शुभकामना दिनुको साथै केही महत्वपूर्ण बुद्वामा ध्यानकार्षण समेत गराएको छ ।

सर्लाही जिल्ला सुरक्षाको दुष्ट्रिकोणले समेत संवेदनशिल भएका कारण आम नागरिकलाई सुरक्षा र शान्तिको प्रत्याभूति दिलाउनका लागि शान्ति, सुरक्षा कडाईका साथ अघि बढ्नुपर्ने,

किसान वर्गहरुका लागि मल, खाध तथा बिउबिजनमा सहज आपुर्ति हुनुपर्ने तथा देशमा रासायनिक मलको चरम अभाव हुदाँको समयमा सिमावर्ती क्षेत्रमा बसोबास गर्ने कृषकहरुलाई आफ्नो खेतीपातिका लागि सिमा पारीबाट आवश्यकता परिमाण बराबरको मल सहज रुपमा ल्याउन पाउनु पर्ने, सीमा सुरक्षा सम्बन्धमा सीमा अतिक्रण तथा पिलरहरुको निर्माणमा ध्यान दिनुपर्ने,

सबै खालका हिंसात्मक, ध्वंसात्मक तथा अनैतिक कृयाकलापमा रोक लगाउने । नदी, नाला खोला लगायत प्राकृतिक स्रोतको अवैधानिक उत्खनन तथा दोहन अन्त्य हुनुपर्ने, निर्माणधिन अवस्थामा रहेका हुलाकी सडकलाई सम्बन्धित पक्षसंग सहकार्य गरि अविलम्ब निर्माणका लागि अग्रसर गराउनुपर्ने,

स्थानिय स्तरमा मौलाउदै गरेको भ्रष्टाचार र घुसखोरी जस्ता अपराधिक क्रियाकलापलाई रोकथाम तथा नियन्त्रण हुनुपर्ने, विभिन्न खाले समाजिक विकृतिलाई जातपात, छुवाछुत जस्ता विकृतिहरुलाई अन्त्यका लागि प्रयासरत रहने जस्ता संवेदनशिल बुद्वामा नवनियूक्त प्रजिअ लाई ध्यानाकार्षण गराउन चाहेको यूवा नेता महतो ले बताए ।

शुभ जनता बहुमुखी क्याम्पसका क्याम्पस चिफ सोभित यादव तथा बरहथवा बहुमुखीका क्याम्पस चिफ राज नरायण प्रसाद सिंहले पनि शुभकामना मन्तवय राखेका थिए । कार्यक्रममा बरहथवा नगरपालिका भित्रका विविध क्षेत्रसंग सरोकार राख्ने बुद्वजिवि नागरिक समाज तथा युवाहरुको बाक्लो उपस्थिति थियो ।

 

 

 

 

 

प्रतिक्रिया





Top