बलिराम कापरी/जनकपुर, असार ३१
प्रदेश-२ मा कर्मचारीहरुको पदपूर्तिका लागि लोकसेवा आयोगले अधिकृतस्तर (प्राविधिक/अप्राविधिक) को खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न विज्ञापन आह्वान गरेका छन् । प्रदेश निजामती सेवा ऐन २०७७ अनुसार प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन गरेको छ ।
बिज्ञापनमा अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक/अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक/अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरिएको छ ।
यसैगरी खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक र लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिक तर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि विज्ञापनमा उल्लेख छन् ।
यस्तै खुला प्रतिस्पर्धामार्फत पूति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहको लागि पनि विज्ञापन समेत गरिएको छ । र दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्म बिज्ञापनमा उल्लेख रहेको छन् ।
प्रतिक्रिया