युथ फोर्सको काउन्टरमा ‘अखिल फोर्स’: सुदेश पराजुली

न्यूज डेस्क     २०७८ असार ३१, बिहीबार २१:५६ बजे मा प्रकासित


बलिराम कापरी/काठमाडौं, असार ३१
नेकपा एमालेका बरिस्ठ नेता माधव नेपाल समूहका विद्यार्थीहरूले अखिल फोर्स गठन गरेका छन् । नेपाल समर्थक विद्यार्थीहरूले नयाँ संगठन निर्माण घोषणा गरेका हुन् ।

नेकपा एमाले केपी ओली समर्थक युवा संघले हालै युथ फोर्स ब्यूँताएका थिए । नेपाल समूहका विद्यार्थीले सोही युथ फोर्सको काउन्टरमा अखिल फोर्स संगठन निर्माण गरेका छन् । बिहीबार नेपाल निकट विद्यार्थीहरुको भेला गरि तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हुन् ।

तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताएका छन् । उनले वरिष्ठ नेता नेपाल लगायतका आफ्ना नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरु प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताएका छन् ।

पराजुलीले सामाजिक सञ्जालमार्फत् आफ्ना नेताहरुलाई गाली गरिरहेको भन्दै उनीहरुलाई भौतिक रुपमा पहिचान गरेर कारबाही गरिने दाबी पनि गरे । ‘आज ओलीले बालकोटमा बसेर माधव नेपालहरुप्रति वक्रदृष्टि लगाइरहनुभएको छ । केपी ओलीको वक्र दृष्टिकोण न्यायालयप्रति पनि ठडिएको थियो । तर, न्यायालयले ओलीको वक्र दृष्टिकोणको औँलालाई काटि दिएको छन् । ‘उनले भने, ‘अब नेपालहरुप्रति ठड्याएका वक्र दृष्टिकोणहरु समाप्त पार्ने हो । यसका लागि अनेरास्ववियु लाग्छ । आज हामी अखिल फोर्स बनाउँदैछौँ, यदि साइबर स्यालहरु हाम्रो नेताप्रति विभिन्न ढंगले हाम्रो नेताहरुलाई सामाजिक सञ्जालमा तथा नाम गाली गरिरहेका छन् । यो अखिल फोर्सले चुप लागेर बस्ने काम गर्ने छैनन् । ती साइबर स्यालहरुलाई भौतिक रुपमा पहिचान गरि कारबाही गर्नेछ र यसको नेतृत्व अनेरास्ववियुले गर्नेछ ।’

प्रतिक्रिया





Top