प्रदेश २ आफ्नै घरभित्र दलित समुदायकी महिला बलात्कृत, आरोपित फरार

न्यूज डेस्क     २०७८ श्रावण १, शुक्रबार १७:१८ बजे मा प्रकासित


रौतहट । प्रदेश नं २ को रौतहटमा आफ्नै घरमा दलित महिला बलात्कृत भएकी छन् । ज्यान मार्ने धम्की दिँदै रौतहटको देवाही गोनाही नगरपालिका–१ का ४० वर्षीय राकेश राउत कुर्मीले गएराति सोही वडाकी ३० वर्षीया पासवान थरकी विवाहित महिलालाई जबर्जस्ती करणी गरेका हुन् ।

राति करिब १२ बजेको समयमा कुर्मी ती महिलाको घरभित्र प्रवेश गरी ज्यान मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी प्रमुख राजन लम्सालले बताए ।

महिलाले गुहार मागेपछि राकेश राउत कुर्मी फरार भएको प्रहरीको भनाइ छ । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको तथा आरोपित कुर्मीको खोजी भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए ।

केहीदिन अघिमात्र देवाही गोनाही नगरपालिका–७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुशवाहा करणी आरोपमा पक्राउ परेका थिए ।

आफ्नै गाउँकी एकजना विवाहित दलित महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीमाथि मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी श्रीराम भण्डारीले बताए ।

प्रतिक्रिया





Top