धनुषामा नेपाली कांग्रेस सदस्यता विवाद, सांसद भईसकेका समेतको सदस्यता गायव पार्टी कार्यालयमा धर्ना र छानबिन

न्यूज डेस्क     २०७८ श्रावण १, शुक्रबार १८:३२ बजे मा प्रकासित


जनकपुरधाम । धुनषाको सबैला नगरपालिकाको वडामा नम्बर ९ मात्र १८३ जना क्रियाशील सदस्य थपिएका छन् । पुराना क्रियाशील सदस्य १६० जना रहेको त्यो वडामा शतप्रतिशत भन्दा बढी क्रियाशील सदस्य थप गर्दा, नगर सभापति र वडा सभापति कसैलाई पनि थाहा छैन ।

जसले वडा र नगरमा काम गरिरहेको छ, उसलाई थाहै नदिइ सदस्यता वितरण गरेर केन्द्रमा बुझाएको भन्दै सबैला नगरपालिकाका मेयरसमेत रहेका नगरसभापति विजयशंकरप्रसाद साह पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा छन् ।

“नयाँ सदस्य थपिएको थाहा पाएपछि कहाँबाट नयाँ सदस्य थपियो भनेर सोध्दा वडा सभापतिलाई जानकारी छैन, क्षेत्रीय सभापतिलाई सोध्दा वडा सभापतिलाई फर्म दिएको थिएँ भन्नुहुन्छ,” धनुषाको सबैला नगरपालिकाका मेयरसमेत रहेका सभापति साहले भने, “जब दुवैलाई एकठाउँ राखेर सोधियो, वडा सभापतिको हस्ताक्षर नै किर्ते गरिएको रहेछ, क्षेत्रीय सभापति वितरण भइसकेका सदस्यताका विषयमा प्रश्न नउठाउनुस् चुप लाग्नुस भन्नुहुन्छ ।”

उनले नगर कार्यसमितिलाई जानकारी नदिइ कसरी सदस्यता वितरण गर्नुभयो भनेर प्रश्न गर्दा क्षेत्रीय सभापतिले घरघरमा गएर सदस्यता वितरण गरेको बताउँछन् ।

“सबैला नगरपालिकामा १३ वडा छन्, त्यहाँ वितरण गरिएका कुनै पनि वडाका क्रियाशील सदस्यता फारममा नगरसभापतिको हस्ताक्षर छैन, जुन वडाले सिफारिस गरेका छन्, तीनलाई पनि हटाएर आफ्नो नाम राखिएको छ,” नगर सभापति साहले भने, “क्षेत्रीय सभापतिलाई सच्याउनुस् भन्दा जे भयो भयो, यो सच्चिदैन, अहिले हाम्रो ताकत छ, भोलि तिम्रो भयो भने तिमीले गर भन्नुहुन्छ ।”

 

पूर्वराष्ट्रपति डा। रामवरण यादका छोरा डा। चन्द्रमोहन यादव पनि धर्नामै छन् ।

१३ औं महाधिवेशनमा धनुषा ५ लाई महाधिवेशनबाटै बञ्चित गरिएपछि महाधिवेशनमा भाग लिन नपाएका उनी यसपटक वितरण भएको सदस्यता खारेजी र त्यसरी नै महाधिवेशनबाट भाग लिन बञ्चित हुन नपरोस् भनेर धर्ना बसेका हुन् ।

“कांग्रेसमा जब महाधिवेशन आउँछ, त्यतिबेला क्रियाशील सदस्यताको विवाद चर्किन्छ । यसको एउटै अर्थ के हो भने क्रियाशील सदस्यता वितरण प्रक्रियामै कुनै न कुनै दोष छ,” डा। यादवले भने, “धनुषाको विवादमा जिल्ला कार्यसमितिले छानबिन समिति गठन गरी प्रतिवेदन बनाएको छ, हाम्रो माग छ, छानबिन समितिले बुझाएको जिल्ला कार्यसमितिले केन्द्रमा दर्ता गरेको सर्वसम्मत रिपोर्ट कार्यान्वयन होस् ।”

उनले केन्द्रका नेताहरुले यसपटक विवादित भएका क्रियाशीललाई यो महाधिवेशनमा थाति राखौँ भनेर सदस्यहरुको अधिकार कुण्ठित पार्ने र बदमासीको ढाकछोप गर्ने गरेका कारण समस्या आएको बताए ।

“यो जमानामा जिसकी लाठी उसकी भैस चल्दैन,” यादवले भने ।

संविधानसभाका सदस्य तथा नेपाली कांग्रेस बाराको सचिव भइसमेका राम अयोधीप्रसाद यादव पनि केन्द्रीय कार्यालय अगाडि धर्नामै छन् । बाराका ४ मध्ये ३ निर्वाचन क्षेत्रमा व्यापक धाँधली गरेर नयाँ क्रियाशील सदस्य थपेको भन्दै उनी धर्ना बसेका हुन् ।

“कार्यसमितिको बैठक नै नबसी, वडासभापतिको फर्जी हस्ताक्षर गरेर मानोमानि सदस्यता बाँडिएको छ, क्षेत्र नम्बर–३ मा गुनासो आएको छैन,” यादवले भने, “वडा सभापतिबाट ४० वटा फर्म भराउने, भरेका २० फारम गायव पारिदिने अनि ६० वटा बनाएर पठाउने काम भएको छ ।”

उनले पार्टी कब्जा गर्न क्षेत्रीय सभापतिहरुले केन्द्रका नेताहरुकै निर्देशनमा त्यस्तो गरेको दावी गरे ।

उनले चेतावनी दिए, “विधि र प्रक्रियालाई तिलाञ्जली दिने हो र केन्द्रबाट तत्काल सुनुवाई नहुने हो भने ९बारा, धनुषा र मकवानपुर मात्र होइन ० भने देशभरका इमान्दार कार्यकर्ता आमरण अनसनमा उत्रने छौँ ।

प्रतिक्रिया





Top