जनकपुरधाम । नेकपा माआवादी केन्द्र प्रदेश नम्बर २ सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र आज सरकारमा जाने भएको हो ।
मन्त्रालयको बारेमा टुङ्गो नलागे पनि अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्रीमा सहमति जुटेपछि सरकारमा जान माओवादी तयार भएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहका अनुसार दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय माओवादी केन्द्रले गरिसकेको छ । मन्त्रीहरुको सपथग्रहण कार्यक्रम आज ३ बजेका लागि तय भएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।
प्रदेश दुई सरकारका दुई मन्त्रीले दिए राजीनामा
प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मार्ग–प्रशस्त गर्न उनीहरूले राजीनामा दिएका हुन् ।
ज्ञानेन्द्रकुमार यादव र सरोजसिंह कुशवाहा
राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए । मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन् । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको कुशवाहाले बताए
प्रतिक्रिया