५ दिन सार्वजनिक विदा

मधेशपाटी अनलाइन     २०७८ श्रावण २, शनिबार ०९:३१ बजे मा प्रकासित


गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधनमा गाउँपालिकाले पाँच दिन शोक बिदा दिने निर्णय गरेको छ। गत असार ३१ गते बसेको गाउँकार्यपालिकाको बैठकले साउन १ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।

अध्यक्ष थापाको ७४ बर्षको उमेरमा गत असार ३१ मा उपचाकरा क्रममा काठमाडौंमा निधन भएको थियो। लामो समयदेखि फोक्सोको समस्याबाट पीडित थिए। गत फागुन २८ मा फोक्सोमा समस्या आएपछि उनले काठमाडौंका विभिन्न अस्पताहरुमा उपचार गराइरहेका थिए।

थापा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसबाट निर्वाचित भएका थिए। उनी कांग्रेस गुल्मी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पनि हुन्।

थापाको शवलाई शुक्रबार बिहान नेपाली कांग्रेस गुल्मीको बीपी स्मृति भबनमा राखी अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो। यस्तै, शवलाई गाउँपालिकाको परिसरमा राखी श्रद्धाञ्जली अर्पण गरिएको थियो। थापाको शुक्रबारै कालीगण्डकी नदीको रिडी घाटमा दाहसंस्कार गरिएको छ।

प्रतिक्रिया





Top