बलिराम कापरी/जनकपुरधामजनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसदहरु अनुपस्थित भएका छन् । तत्कालीन समय ठाकुरसँग २० सांसदहरु थिए । तर ठाकुर समुहका सरकारबाट बाहिरिएपछि साथ दिने सांसदको संख्या घट्दै गएको छन् ।
संसदीय दलको बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित रहेका थिए ।
बैठकमा अनुपस्थित रहेको प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा पार्टीभित्र सुरु भएको छन् । केपी ओली सरकारमा मन्त्री नबनाएकोले ती सांसदहरु अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन् ।
प्रतिक्रिया