जनकपुरधाम । महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले आफ्नै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन गरेका छन् ।
मेयर साहले भङ्गाहा वडा नम्बर ५ सीतापुरमा नवनिर्मित आफ्नो निजी घरमा कार्यालय सञ्चालन गरेका हुन्। आफूले नगरपालिकाको कार्यालय सञ्चालन गर्न निःशुल्क रुपमा घर उपलब्ध गराएको साहले बताए।
नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन दिएको प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए।
‘नगरप्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराउनु भएको हो। नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय यहाँ सारिएको छ,’ जोशीले भने, ‘अब मासिक ६० हजार बचत हुने भयो।’
नगरपालिकाको आफ्नै भवन नहुँदा यसअघि सीतापुरमै मासिक ६० हजार लाग्ने भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो।
नगरप्रमुख साहले आफू बसोबासका लागि अर्को घर रहेको हुँदा नवनिर्मित भवन कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएको बताए। को भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले आफ्नै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन गरेका छन्।
मेयर साहले भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी घरमा कार्यालय सञ्चालन गरेका हुन्। आफूले नगरपालिकाको कार्यालय सञ्चालन गर्न निःशुल्क रुपमा घर उपलब्ध गराएको साहले बताए।
नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन दिएको प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए।
‘नगरप्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराउनु भएको हो। नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय यहाँ सारिएको छ,’ जोशीले भने, ‘अब मासिक ६० हजार बचत हुने भयो।’
नगरपालिकाको आफ्नै भवन नहुँदा यसअघि सीतापुरमै मासिक ६० हजार लाग्ने भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो।
नगरप्रमुख साहले आफू बसोबासका लागि अर्को घर रहेको हुँदा नवनिर्मित भवन कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएको बताए।
प्रतिक्रिया