जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुर टोलीसहित बालकोट पुगेका छन्।
अहिले भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षबीच वार्ता जारी छ।
छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन्।
ओली नेतृत्वको सरकारमा जसपाको यो समूह सहभागी भएको थियो।
ओली सत्ताच्युत भएपछि उनीहरूबीच शनिबार पहिलोपटक भेटवार्ता भइरहेको हो।
प्रतिक्रिया