मन्त्रीबाट राजीनामा लगत्तै यादवलाई गरे मुख्यमन्त्रीले विदाई

न्यूज डेस्क     २०७८ श्रावण २, शनिबार ११:५२ बजे मा प्रकासित


जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री पदबाट राजीनामा दिएका ज्ञानेन्द्र कुमार यादवलाई मुख्यमन्त्री लालबाबु राउतले आज विदाई गरेका हुन् ।

मुख्यमन्त्री राउतले आज विहान गम्छा ओढाएर यादवलाई विदाई गरेका हुन् । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मन्त्री यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहालाई राजपाले राजीनामा दिन लगाएको छ ।

आज दिउँसो ३ बजे माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह र साँसद रुबी कर्ण मन्त्रीको शपथ लिने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया





Top