जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ भडरियास्थित एक १५ बर्षिय किशोरीलाई ४८ बर्षिय पुरुषसँग विवाह गर्नको लागि यादव र मण्डलको प्रत्यक्ष सहभागीतामा ५० बर्षे पुरुषसँग १५ बर्षिय किशोरीको विवाह तय भएको बताइएको छ ।
बेहुलाले झुठो बोलेर विवाह गर्न थालेपछि विहेकै दिन उनको रहस्य खुलेको थियो । रहस्य खुलेपछि विवाह गर्नबाट इन्कार गरेकी किशोरीलाई बेहुला पक्षबाट कुटपिट समेत गरिएको बताइएको छ । यी सबैको प्रत्यक्षदर्शी पनि प्रत्यासी अध्यक्ष यादव रहेको आरोप लगाइएको छ ।
बेहुला पक्षले किशोरी सहित उनका आफन्तजनहरुलाई समेत कुटपिट गर्न थालेपछि प्रहरीलाई खवर गरिएको थियो । प्रहरीको नाम सुन्ने वित्तिकै बेहुला पक्ष सहित दलाल बनेका यादव र मण्डल समेत त्यहाँबाट भागेका थिए ।
१५ बर्षिय किशोरीलाई ४८ बर्षे अधवैँसे पुरुषसँग विहे प्रकरणमा स्थानीय एमालेका प्रत्यासी गाउँपालिका अध्यक्ष र वडाध्यक्षले नै अगुवाई गरेको बताइएको छ ।
किशोरी पक्ष विपन्न परिवार भएकोले धनुषाको धनौजी गाउँपालिकाका एमालेका अध्यक्षका प्रत्यासी राजकुमार यादव र वडाध्यक्षका प्रत्यासी बिमला मण्डलले नै बीचमा अगुवाको भूमिका खेलेपछि किशोरीलाई बिहे गर्न दबाब दिइएको बुझिएको छ ।
किशोरीको आफन्तजनलाई कुटपिट गर्न थालेपछि प्रहरी बोलाउने भनेपछि उनीहरु भागेको बताइएको छ । विवाहको लागि बेहुला पक्षले किशोरी पक्षलाई झुठो बोलेर फकाएका थिए ।
यता, बालविवाह गराएको आरोप लागेको प्रत्यासी अध्यक्ष राजकुमार यादव र वडाध्यक्ष विमल मण्डलले यसमा राजनीतिक स्टन्ट मात्र भएको बताएका छन् । उनीहरुले आफूहरु समाजिक हिसाबले विहेको भोजमा मात्र सहभागीता जनाएपछि राजनीतिक हिसाबले फँसाउन खोजेको दाबी गरे ।
न्यूज ब्यूरोसँगको कुराकानीमा यादवले विहेको लागि किशोरीकी बुवाले नै सबै थोक व्यवस्थापन गरी मटकोर, पूजापाठ, फलदान सहित आफैँ तय गरेको बताए । उनले आफूहरु मात्र सहभागीता जनाएको र आफूलाई किशोरीको उमेरको बारेमा जानकारी नभएकै कारण सहभागी भएको बताए ।
उनले भने, “अहिले हाम्रो समुदायमा को कस्को जन्मदर्ता वा नागरिकता हेरेर विहे गर्छन रु उनको बुवालाई सोध्दा २० वा २१ भएको बताउँदै आएका थिए, गाउँले हिसाबले हामी विधिमा सहभागी जनायौं, त्यति मात्र हो । यसमा पार्टीगत हिसाबले मुछन खोजेको मात्र हो ।”
गत विहिबार किशोरीलाई कुटपिट गर्दै जबरदस्ती विहेको लागि बेहुला पक्षले दबाब दिएको थियो भने विहे हुन पाएनन् ।
प्रतिक्रिया