माओवादी केन्द्रका दुई मन्त्री शपथ लगत्तै बरमझिया प्रस्थान

मधेशपाटी अनलाइन     २०७८ श्रावण २, शनिबार १३:४५ बजे मा प्रकासित



जनकपुरधाम । प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट मन्त्रीहरुले शपथ लिए लगत्तै धनुषा जिल्लाको बरमझिया जाने भएका छन् ।

शनिबार दिउँसो शपथ लिएपछि उनीहरुले शहीदको शालीकमा माल्यार्पण गर्न जाने भएका हुन् ।

जनयुद्ध सुरु हुनुभन्दा पूर्व नै मधेशबाट प्रथम शहीद भएका रामवृक्ष यादवको शालीकमा माल्यार्पण गर्न मन्त्रीद्वय त्यहाँ जान लागेको माओवादी जिल्ला सचिव दिपक यादवले जानकारी दिए ।

माओवादी केन्द्रको तर्फबाट शनिबार दिउँसो माओवादी सांसदद्वय भरत साह र रुबी कर्णले मन्त्रीको शपथ लिदैछन् ।

माओवादी जनयुद्धकै बलमा देशमा आमूल परिवर्तन आएकोले सबैभन्दा पहिला मन्त्रीहरुले शहीदलाई श्रद्धाञ्जली व्यक्तसहित सम्मान गर्ने कार्यक्रम रहेको सचिव यादवले बताए ।

माओवादीले जनयुद्धको तयारी थाल्दै गर्दा २०५१ साल भदौ २ गते रामवृक्ष यादवको हत्या भएको थियो । त्यसयता माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु उपस्थितिमा प्रत्येक वर्ष भदौ २ गते बरमझियामा भव्य स्मृतिसभा हुने गरेको छ ।

प्रतिक्रिया





Top