प्रचण्डका कारण माधव नेपाल समूहमा मारामार, धेरै सांसद साथ छाडेर एमालेमा फर्किँदै

न्यूज डेस्क     २०७८ श्रावण २, शनिबार १४:१४ बजे मा प्रकासित


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा द्वन्द्व बढेको छ । नवनियुक्त प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने भन्ने विवादले नेपाल समूहमा द्वन्द्व बढेको हो । केही नेताहरु एकता जोगाएर मुल पार्टीमै फर्किनुपर्ने भनेर लागेका छन् । उनीहरु सम्वादमा पनि खटिएका छन् ।

तर केही नेताहरुले देउवालाई विश्वासको मत दिनुपर्ने र पार्टी पनि अर्को बनाउनुपर्ने अडान लिएका छन् । सबैभन्दा ठूलो दल र सशक्त प्रतिपक्षी एमाले फुटाउन प्रचण्ड र देउवाले चाहिरहेका छन् । त्यसमा माधव नेपाल दोधारमा छन् । देउवाले त दल फुटाउन सजिलो पार्नेगरी कानुन संशोधन गरिदिने पनि बताइसकेका छन् ।

यस्तोमा प्रचण्ड र देउवाको चाल बुझेका नेपाल समूहका केही नेताहरु भने सतर्क भएका छन् । उनीहरु अब एमालेमै फर्किनुपर्ने र ओली हटाउने काम भइसकेकाले पार्टीमा मिलेर कम्प्रमाइज गरेर जानुपर्ने उनीहरुको जोड छ ।

तर नेपाल समूहमा उग्र मानिएका नेताहरु भने कुनै हालतमा ओलीसँग मिल्न नहुने पक्षमा छन् । उनीहरुको धारणा ठ्याक्कै प्रचण्ड र देउवासँग मिल्छ । दुबै थरी नेताको चेपुवामा नेपाल परेका छन् ।

नेपाल समूहका सांसद मेटमणी चौधरीले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने र यसमा छलफलको कुनै आवश्यकता नभएको बताए ।

तर पार्टी विवाद मिलाउन सक्रिय भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टहरुले भने पार्टीको समस्या समाधानका लागि १० बुँदे सहमति बनेकाले अब देउवालाई विश्वासको मत दिन नहुने बताइरहेका छन् । देउवालाई विश्वासको मत दिए विवाद समाधान हुनुको साटो बढ्ने उनीहरुको तर्क छ ।

यदि एमाले विवाद मिलाउन छाडेर देउवालाई विश्वासको मत दिन गए नेपाल समूह विभाजित हुने निश्चित भएको छ । देउवालाई विश्वासको मत दिन नहुने भन्ने नेताहरु नेपाल समूह छाडेर मुलधारको पार्टीमा फर्कनेछन् ।

प्रतिक्रिया





Top