कटुवा पेस्तोलसहित दाजुभाइ पक्राउ

मधेशपाटी अनलाइन     २०७८ श्रावण २, शनिबार १५:०८ बजे मा प्रकासित


काेशी । सुनसरीको कोशी गाउँपालीका ५ स्थित कुम्याहीबाट कटुवा पेस्तोलसहित दाजुभाइ पक्राउ परेका छन् ।

उनीहरूलाई सशस्त्र प्रहरी बल बिओपी श्रीपुरबाट खटिएको टोलिले शनिबार बिहान कटुवा पेस्तोलसहित पक्राउ गरेको इन्स्पेक्टर पुर्ण दाहालले जानकारी दिए ।

घरायसी विवाद हुँदा एकाअर्काले आफूमाथि पेस्तोल देखाई डराउन खोजेको आरोप लगाउदै सशस्त्र प्रहरीलाई खबर गरेकोमा कोशी गाउँपालीका ५ कुम्याही बस्ने वर्ष ५० का विद्यान्न यादव र उनका भाई ४६ वर्षका चन्द्रदेव यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लौकहीको जिम्मा लगाइएको सशस्त्र प्रहरी जनाएको छ ।

उनीहरूको घरभन्दा ३०० मिटर दूरीमा प्लास्टिकमा बेरिएर रुखमुनी लुकाएर राखिएको एक एक राउन्ड गोलि लोड गरिएको कटुवा पेस्तोल सशस्त्र प्रहरीले बरामद गरेको हो ।

पक्राउ परेका दाजुभाइउपर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया





Top