आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मधेशपाटी अनलाइन     २०७८ श्रावण ३, आईतवार ०६:२१ बजे मा प्रकासित


काठमाडौँ ।आज आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ । शनिबार बेलूकी सार्वजनिक भएको कार्यसूचीअनुसार आज अपरान्ह ४ बजे बैठक बस्ने भएको हो ।

 

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको विज्ञप्ति अनुसार बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयले पठाएका प्रतिनिधि सभाको अधिवेशन आह्वान र मन्त्रिपरिषद बैठकबारेको पत्र पढेर सुनाउने र त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्य र निधन भएका पूर्व सांसद तथा संविधानसभा सदस्यको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने उल्लेख छ ।

प्रतिक्रिया





Top