पति पत्निबिचको सामान्य विवाद स्वभाविक नै मानिन्छ । तर जब विवादले चरम रुप लिन्छ केही अप्रिय घटना हुने गर्छ । भारतमा यस्तै एक घटना भएको छ । त्यहाँ झारखंडको रामगढ़ जिल्लामा पाइएको एक शवको अनुसन्धान गर्दा एउटा अचम्मलाग्दो घटना प्रकाशमा आएको छ ।
जहाँ एक महिलाले उनको आफ्नै पतिलाई यो सन्सारबाट बिदा गरिदिइन् । भनिन्छ कि श्रीमतीको मृ त कको साथीसँग लस पस थियो। उक्त महिलाका साथ दुई जना पुरुष पनि यस घटनामा संलग्न थिए जसमा एक जना आरोपी पक्राऊ परेको छ ।
यस विषयमा खुलासा गर्दै पुलिस कप्तान प्रभात कुमारले भने कि तीन अभियोगी मध्ये दुई आरोपी पत्नी अनिता देवी र विजय यादवलाई पक्राउ गरिएको छ जबकि एक आरोपी फरार छ । यद्यपि घटनामा प्रयोग भएको सामान पनि प्रहरीले फेला पारेको छ ।
घटना रामगढ जिल्लाको रामगढ प्रहरी क्षेत्रको हो जहाँ जुलाई ११ मा पुलिसले डोभाडा जंगलबाट सीसीएल कर्मचारी हसट रामको शव बरामद गरेको थियो ।शव देखेर पुलिसले हसट रामको घटना अस्वभाविक भएको कुरा बुझेका थिए। यसपछि पुलिसले यस विषयमा अनुसन्धान सुरु गर्यो । आजतकमा छापिएको समाचार अनुसार पछि पत्ता लाग्यो कि पत्निको अरुसँगै लस पस थियो, पतिले त्यो कुुरा थाहा पाए अनि पत्निले पतिलाई नै प्रेमीको सहयोगमा साइड लगाइदिइन्
प्रतिक्रिया