जिउँदै मान्छेलाई मृत्यु भएको भन्दै सरकारी कागजात तयार भएपछि

न्यूज डेस्क     २०७८ श्रावण ३, आईतवार ०६:४० बजे मा प्रकासित


जिउँदै मान्छेलाई मृत्यु भएको भन्दै सरकारी कागजात तयार भएपछि एक दम्पतिलाई आपत परेको छ । उनीहरुलाई फेरी जिउँदो प्रमाणित गर्न समस्या भएको छ । उनीहरुको कुरा सुन्न कुनै सरकारी कर्मचारी तयार छैनन् किनभने उनीहरु सरकारी दस्तावेजमा मृत्यु भै सकेका ब्यक्तिहरु हुन् ।

यो घटना भारतको हो । झारखंडमा दुम्का जिल्लाको रक्ष पञ्चायतको कुल्हडिया गाउँका लोबिन मांझी र उनकी पत्नीलाई आधिकारिक कागजातमा मृ त घोषित गरिएको छ, जबकि लोबिन मांझी र उनकी श्रीमती अझै जीवित छन् ।

लोबिन मांझीको नाममा सरकारी आवास स्वीकृत गरियो, तर फाइलहरूमा मृ त घोषित भएको भन्दै यसलाई रद्द गरियो । ब्लकदेखि जिल्लासम्म, वृद्ध दम्पतीले विगत १० बर्षदेखि अधिकारीहरू समक्ष जीवित रहेको प्रमाण देखाएका छन् तर उनीहरु जिवित भएको अझै प्रमाणित भएको छैन ।

उनीहरूको अहिलेसमम कतै सुनवाई भएको पाइँदैन । यसका कारण तिनीहरू सरकारी योजनाहरूको लाभ लिन सक्षम छैनन् । भर्खर आफूलाई जीवित प्रमाणित गर्न उनीहरुबारे एक फिल्म पनि बन्यो । फिल्मको पात्र भारती लाललाई आधिकारिक कागजातले म रे को बताइएको छ ।

जस पछि भारती लालले आफूलाई जीवित प्रमाणित गर्न प्रणालीसँग संघर्ष गर्नुपर्‍यो । फिल्मले सरकारी कार्यालयहरूको कामकाजको बारेमा कडा टिप्पणी पनि गर्‍यो ।

आजतकका अनुसार, दुमका जिल्ला सरायहाट ब्लकमा त्यस्तै एक घटना सार्वजनिक भएको छ जहाँ सरकारी कागजातमा एक वृद्ध जीवित दम्पतीको मृत्यु भएको बताइएको छ ।पछिल्ला १० बर्षदेखि ती जोडीले आफू जिउँदो रहेको दाबी गर्दै सरकारी कार्यालयहरू धाएका छन् तर प्रणालीको लापरवाहीका कारण ती दम्पतीलाई सरकारी दस्तावेजले जिवित स्वीकार्न सकेको छैन ।

प्रतिक्रिया





Top