जानकी आँखा अस्पताल जनकपुरधामको आम्दानी पाँच गुणाले वृद्धि

मधेशपाटी अनलाइन     २०७८ श्रावण ३, आईतवार ०७:२२ बजे मा प्रकासित


जनकपुरधाम । जानकी आँखा अस्पताल जनकपुरधामको आम्दानी पाँच गुणाले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/०७८मा अस्पतालले एक करोड ४६ लाख ६८ हजार एक सय ९५ रुपैयाँ आम्दानी गरेको छ । जुन आर्थिक वर्ष २०७६/०७७ को तुलनामा पाँच गुणा बढी हो । आर्थिक वर्ष २०७६/०७७ मा अस्पतालको आम्दानी २८ लाख ३५ हजार १ सय ३९ थियो । अस्पतालले आर्थिक वर्ष २०७७।०७८ मा ९० प्रतिशत बढी कार्यप्रगति गरेको छ । जानकी आँखा अस्पतालको वार्षिक समिक्षा र अगामी योजना बैठकमा प्रस्तुत गरिएको प्रगति विवरण अनुसार अस्पतालले मासिक करिब १० लाख बचत गर्न थालेको छ । कर्मचारी र विविध खर्च व्यवस्थापन गर्दा मासिक १० लाख बढीको बचत भइरहेको अस्पताल व्यवस्थापन समितिका सभापति आनन्दगंगाराम० यादवले जनाए ।

उपलब्ध जनशक्तीलाई अधिकतम उपयोग गरेर आमजनतामा सेवा पुर्याउने योजना लिएर अघि बढेको सभापति यादवले बताए । अस्पतालको सर्वाङ्गिन विकासको लागि कर्मचारीहरुको सहयोग आवश्यक रहेको छ, सभापति यादवले भने यसको लागि कर्मचारीको आवश्यक्ता हामीले पुरा गर्नुपर्छ ।

आर्थिक वर्ष २०७७/०७८ मा सेवा लिने बिरामीको संख्या बढेको अस्पताल व्यवस्थापन समितिका कोषाध्यक्ष संजय प्रसाद साहले बताए । साहका अनुसार गएको एक वर्षमा ओपीडीतर्पm ८५ हजार र सर्जरी९शल्यक्रिया० तर्पm सात हजार बढी बिरामीले सेवा लिएका छन् ।

अनावश्यक आर्थिक भारले लथालिंग बनेको अस्पताललाई विस्तारै व्यवस्थित बनाउँदै अघि बढ्ने लक्ष्य रहेको कोषाध्यक्ष साहले थपे । अस्पताल संचालनमा देखिएको जटिलता र बाधालाई चिर्दै नमूना अस्पतालको रुपमा स्थापित गर्नको लागि हरसम्भव प्रयत्न गरिने कोषाध्यक्ष साहले बताए । यस वर्ष पनि कोरोना महामारीले गर्दा अस्पतालको सेवा करिब तीन महिना प्रभावित भएको छ । कोरोना महामारीका कारण अस्पतालको सम्पूर्ण सेवा बन्द गरिएको थियो । जसका कारण आमजनता सेवा लिनबाट बञ्चित हुनुपरेको थियो ।

निषेधाज्ञा खुकुलो हुँदै गएपछि सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर बिरामी चेकजाँच गरिएको अस्पतालका मेडिकल निर्देशक डा। आशिष बोहराले बताए । व्यवस्थापन पक्षको ढिलासुस्तीले थलिएको जनकपुरको एक मात्र आँखा अस्पतालमा सुधार आएसँगै बिरामीको संख्या बढेको छ । धनुषा, महोत्तरी लगायत छिमेकी राष्ट्र भारतका बिरामीहरु समेत आउने गरेका छन् । नयाँ व्यवस्थापन समिति आएदेखि अस्पतालको सबै क्षेत्र सुधारोन्मुख रहेको कर्मचारीहरुले बताए । गएको पुस महिनामा अस्पताल व्यवस्थापन समितिको सभापतिमा यादव र कोषाध्यक्षमा साह नियुक्त भएका थिए । उनीहरुले कार्यभार सम्हालेदेखि अस्पतालको सबै क्षेत्रमा क्रमिक सुधार आएको छ । अस्पताल सरसफाइदेखि कर्मचारी व्यवस्थापनमा समेत सुधार आएको कर्मचारीहरुले बताए ।

कार्यक्रममा धनुषा, महोत्तरी, सिन्धुली र सर्लाही जिल्लाका ६ वटा सामुदायिक आँखा उपचार केन्द्रको संयोजक र कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया





Top