रौतहटमा माधवकुमार नेपालको पुत्ला दहन

न्यूज डेस्क     २०७८ श्रावण ५, मंगलवार २०:२८ बजे मा प्रकासित


रौतहट ५,श्रावण/
नेकपा एमालेको भातृ संगठन युवा संघ रौतहटले एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रि माधवकुमार नेपालको पुत्ला दहन गरेका छन्। चन्द्रनिगाहपुरस्थितमा रहेको नेपालको घर अगाडी नै युवा संघ नेपालका कार्यकर्ताले मंगलबार साँझ एकोहोरो शंख बजाई नेता नेपालको पुत्ला जलाएका हुन्। आफनो पार्टीका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरुले विश्वासको मत दिएपछि रौतहटमा नेपालको पुत्ला दहन गरेको युवा संघ रौतहटका संयोजक रवि राना मगरले जानकारी दिएका छन् । नेपालले गद्दारी र अन्र्तरघात गरेकाले आन्दोलनमा उत्रिनु परेको रानाले बताए।उनीहरुले नेता नेपाललाई रौतहट आउन नदिनेसमेत चेतावनी दिएका छन्। उक्त बिरोध कार्यक्रममा नेकपा एमाले चन्द्रपुर नगर कमिटिका सचिब राजेन्द्र तिवारी,प्रमोध चौधरी,दिवाकर सापकोटा,आरती भण्डारी लगायत एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया





Top