न्युजडेस्क/जनकपुरधाम, साउन ८
अमेरिकाले वैदेशिक लगानीको लागि नेपाल ‘चुनौतिपूर्ण मुलुक’ रहेको ठहर गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ‘२०२१ इन्भेष्टमेन्ट क्लाइमेट स्टेटमेन्ट्स : नेपाल’ प्रतिवेदनमा नेपाल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को हिसाबमा चुनौतिपूर्ण मुलुक रहेको उल्लेख छ ।
५० अर्बको पूर्वाधार परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले अहिलेसम्म संसदीय अनुमोदन प्राप्त गर्न नसक्दा सम्भावित लगानीकर्ता माझ राम्रो सन्देश नगएको समेत अमेरिकाले जनाएका छ ।
राजनीतिक अस्थिरता, फैलदै भ्रष्टाचार, भ्रष्ट कर्मचारीतन्त्र र कानून तथा नियमको कार्यान्वयन हुन नसक्ने जस्ता कारण नेपालमा वैदेशिक लगानीको अवरोध रहेको समेत जनाइएको छन ।
सरकारले विदेशी लगानी आकर्षण गर्ने कुरा गरेपनि त्यसको अर्थपूर्ण कार्यान्वयन नगरेको पनि अमेरिकाले जनाएको छ । नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सरकारी प्रयत्नमा कोभिड-१९ महामारीले ढिलाइ भएको पनि जनाइएको छ ।
यसको बाबजुद पनि नेपालमा एफडीआईमा वृद्धि भएको र केही अमेरिकी कम्पनीले लगानी गरेको समेत अमेरिकाले जनाएको छ ।
नेपाल भारत र चीनको बीचमा हुँदा विदेशी लगानीकतार्का लागि अवसर भएको जनाउँदै अमेरिकाले जलविद्युत, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार सम्भावित लगानीका क्षेत्र रहेको जनाएको छ ।
सन् २०२२ सम्म पर्यटन क्षेत्र लयमा फर्किने कुरामा शंका रहेको पनि अमेरिकाले जनाएको छ ।
वैदेशिक लगानीका लागि नेपालको भूगोल पनि चुनौतिपूर्ण रहेको अमेरिकाले जनाएको छ । ‘पहाडी खोँच, भूपरिवेष्ठित भूगोल र कमजोर यातायात पूर्वाधारले कच्चा पदार्थ आयातमा समस्या हुने देखिन्छ’ अमेरिकाले भनेको छ । नेपालप्रेस
प्रतिक्रिया