नेपाल रजक सेवा समाजको प्रादेशिक बैठक सप्पन्न

न्यूज डेस्क     २०७८ श्रावण ११, सोमबार १८:२८ बजे मा प्रकासित


जनकपुरधाम- प्रदेश नं २ स्थित जनकपुरधाम उपमाहानगरपालिकाको रजक वंशी  सेवा आश्रममा गत श्रावण ९ गते शनिवार श्री रामवरण रजक को अध्यक्षतामा  नेपाल रजक सेवा समाजको प्रादेशिक केन्द्रीय तदर्थ समितिको बैठक सम्पन्न भएका छन।

विभिन्न जिल्ला बाट आएका समाजका जिल्ला अध्यक्ष,  पदाधिकारी तथा समाजसेवी बुद्धिजीवीहरुको सहभागितामा संस्थाको विधान मस्यौदा तथा  नीति नियम निर्माण प्रति बिशेष छलफल  र राहत सहयोग तथा बिगतमा भएका समाजको कार्यहरुको समीक्षा गरेका थिए ।

सामाजिक सुधारका अन्य विभिन्न विषय मा छलफल गर्दै विधान प्रति छलफल तथा सुझाव संकलन गर्नको लागि  प्रक्रियामा रहेका विधानको प्रतिलिपी आठ वटै जिल्लामा पठाएको छ। विधान प्रति को सुझाव संकलन गरेर आउदो श्रावण ३० गते पुन: बैठक बसि विधान तथा नीति नियमलाई पारित गर्दै संस्थाको दर्ता प्रक्रिया सम्पन्न गराइ कार्यालय समेतको व्यवस्था गरि समाजको कार्य संचालन गर्न प्रति विशेष छलफल गरि बैठक सम्पन्न भएको महासचिव नर्सिङ रजकले जानकारी दिएको हो।

समाज हाल नेपाल साउदी कतार दुबई मलेशिया भारत लगायत देशहरुमा  रजक समुदायका युवाहरु क्रियाशिल रहेका छन।सामाजिक सुधारको कार्य अन्तर्गत समाजको मुल उदेशय सामाजिक भेदभाव,सामाजिक कुप्रथा  सामाजिक बिकृती विसंगती, अशिक्षा तथा बेरोजगार जस्ता समस्या लाई न्यूनीकरण गर्नु र  विभिन्न किसिम का  सेवा र सहयोग गर्नु संस्थाको मुल उदेश्य रहेको छ।

प्रतिक्रिया





Top