श्रावण ,१२
रौतहट/
भारतको विहार स्थीत मोतिहारीमा सोमवार भारतीय समकक्षीसंगको समन्वय बैठक बसेको छ। मोतिहारीमा सोमवार भएको इण्डो नेपाल बैठकमा भारतीय पक्ष बाट दशगजा जमिन मिचिएको बिषय लाई नेपाली पक्षले खाली गराउन आग्रह गरेको छ। सो बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले दशगजाक्षेत्र (इशनाथ नगरपालिकाको औरैया, बन्जरहा) मा भारत पक्षवाट निर्माण भएको बाँधवाट भएको अतिक्रमण सम्बन्धी सवालहरु उठाउनुभएको थियो। रौतहटको इशनाथ नगरपालिकाको वडा नम्वर १ को बन्जरहा र औरैया संग जोडिएको नेपाल भारत सिमाको दश स्थानमा दशगजा मिचेर भारतीय पक्षले बाँध बनाएको छ । नेपाल भारतको ज्वाइन्ट सर्वे टिमद्धारा जिपिएस प्रणालीको मद्दतबाट डेढ बर्ष अघि नापजाँच गर्दा बन्जरहा र औरैया संग जोडिएको दशगज्जा क्षेत्रमा भारतीय पक्षद्धारा मिचिएको उंहाले बताउनुभयो। सोहि बिषयलाई उठाएर ईण्डो नेपाल बैठकमा नेपालका तर्फ बाट रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले इशनाथको बन्जरहा र औरैया संग जोडिएको दशगज्जा क्षेत्रमा भारतीय पक्षद्धारा मिचिएको भन्दै खाली गराउन आग्रह गर्नु भएको हो ।
यसैगरी सोहि बैठकमा सिमा वारिपारीबाट हुने अबैध तस्करी बन्द गर्नुपर्ने, हातहतियारको ओसारपसार माथि निगरानी बढाउने, सिमा स्तम्भ ३४७ जिर्ण बन्दै गएको हुँदा त्यसलाई मर्मत गर्नुपर्ने,पशुचौपायाको तस्करी बन्द गर्नुपर्ने, नेपाली र भारतीय अपराधीहरु अपराध घटाएर निर्भिक भई दुवै देशमा शरण लिएर बसेकाहरुलाई नियन्त्रणमा लिन सहकार्य गर्ने, बर्षा र बाढीको अवस्थालाई एक अर्का विच जानकारी गराई कार्यान्वयन गर्ने सहमती भएको छ ।
यस्तै अत्यावश्यक मेडिकल इमरजेन्सीलाई सहज रुपमा आवागमनको व्यवस्थापन मिलाउने र आवश्यकता अनुसार समय समयमा दुई पक्षिय संवादलाई जारी राख्ने ,बाढीको समयमा भारतीय बाँधमा प्राकृतिक रुपमा पानी निकासको लागि बनाइएको सुलिस गेटलाई नियमित रुपमा खोल्नुपर्ने , कोभिड १९ को व्यवस्थापनमा दुई पक्षिय सहयोग अदानप्रदान गर्ने सहमती भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया