प्रदेशप्रमुख अहिराजले राष्ट्रियताको पक्षमा उभिएको दण्ड

मधेशपाटी अनलाइन     २०७८ श्रावण १३, बुधबार ११:५८ बजे मा प्रकासित


रित नपुर्‍याइकन आएका कतिपय विधेयक अकाट्य सुझावसहित फिर्ता पठाएपछि । उक्त प्रदेशका मूख्यमन्त्री तथा मन्त्री र न्यायाधिवक्तासहित यादवले डा. झासँग असन्तुष्ट बनेका थिए । पछिल्लो पटक डा. झाले लिएको एउटा निर्णयका कारण यादवसहित प्रदेशका सबै जातिवादी र क्षेत्रियतावादीहरू ठूलो सङ्कटमा परेका छन् । उनले समावेशिताको नारा लगाउँदै राजनीति र सत्तामा आफ्नो पहुँच बलियो बनाउनेहरूलाई चुनौती दिँदै दुई नम्बर प्रदेशका मन्त्रिमण्डल तथा अन्य निकायहरू समावेशी नहुनुलाई संविधान विपरीत भएको स्पष्ट गरि दिएका थिए ।प्रदेश सरकारमा तराईबासी पहाडी तथा अन्य केही समुदाय र महिलालाई समावेस नगरिनुलाई डा.झाले संविधान प्रतिकुल कार्यको संज्ञा दिँदै मन्त्रिमण्डल र राज्यका अन्य निकायहरूलाई समावेशी बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका थिए ।प्रदेश प्रमुखबाट त्यसरी लिखित रूपमै ध्यानाकर्षण गराएपछि ‘मधेशको नाममा मस्ती’ गर्दै आएका एकथरी क्रुद्ध भएपनि मधेशका उपेक्षित समुदायमा भने उत्साह जगाउने काम गरेको छ । डा. झाको अग्रसरता पश्चात केही नागरिकले संविधानबमोजिम समावेशिताको अवधारणाअनुरुप कार्य गराउन माग गर्दै जनकपुरस्थित उच्च अदालतमा रिट दायर गरेका छन् । डा. झा पदमा रहँदासम्म आफूहरूलाई अप्ठ्यारो पर्ने र, कदाचित उच्च अदालतले संविधानअनुरुप काम गर्न मूख्यमन्त्री र प्रदेश प्रमुखलाई आदेश दियो । भने झनै ठूलो सकसमा पर्ने भन्दै यादवले डा. झालाई जति सकिन्छ चाँडै पदमुक्त गराउने प्रयासमा लागेका हुन् । जातिवाद र क्षेत्रियतावादका हिमायतीहरू आफ्नो प्रयासमा सफल भए भने नेपालमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा काम गरेवापत दण्डित हुने सम्भवतः पहिलो व्यक्तिको रूपमा डा. झाको नाम अङ्कित हुनेछ ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री देउवा सबै प्रदेश प्रमुखहरूलाई एउटै निर्णयबाट एकै पटक हटाउने पक्षमा छन् । तर यादवले डा. झालाई पदमुक्त गराउन दिन होइन घण्टा र मिनेटका हिसाबले प्रतीक्षा गरिरहेका छन् ।

डा. झालाई पदमुक्त गरेर उक्त स्थानमा आफ्ना भाञ्जा चन्दन कौशिकलाई नियुक्त गराउने प्रयासमा काङ्ग्रेसका मनोनित उपसभापति विमलेन्द्र निधिबाट भइरहेको जानकारी प्राप्त भएको छ । कौशिकलाई निधिले आफू सत्तामा रहँदा नेपाल स्काउटको अध्यक्ष बनाइदिएका थिए । अहिले भने भाञ्जालाई प्रदेश प्रमुखको कुर्सीमा बसेको हेर्ने रहर निधिले गरेका छन् ।

उता यादवले चाहिँ कुनै मुसलमानलाई प्रदेश प्रमुख बनाएर विजय यादवलाई मुख्यमन्त्री चयन गर्ने सोच बनाएका छन् । हालका मूख्यमन्त्री लालबाबुको कामबाट यादव असन्तुष्ट रहेको र, उनको स्थानमा विजय यादवलाई नियुक्त गराउने तयारी भइरहेको बुझिएको छ । तर विजय यादवको थर यादव हुनुबाहेक अर्को कुन योग्यता भएर उनलाई मूख्यमन्त्री बनाउन खोजिएको हो, सो स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया





Top