बलिराम कापरी/काठमाडौं, साउन १३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरिएको सो समूहका सांसदहरुले बताएका छन् ।
माधब नेपाल समूहका नेताहरुको बुधबार बसेको बैठकपछि सांसद मेटमणि चौधरीले संसदीय दलमा पनि बहुमत पुर्याउने बताएका छन् ।
“ओलीलाइ संसदीय दलको नेताबाट हटाउछौँ,” उनले भने, “अझै केही दिन हेर्छौ । संसदीय दलमा हामीले बहुमत पुर्याएर उहाँलाई हटाउछौँ । हाम्रो पक्षमा बहुमत पुग्छ,” उनले भने,“सरकारमा जाने विषयमा पनि हामी एकमत छौँ ।”
प्रतिक्रिया