बलिराम कापरी/जनकपुरधाम, साउन १४
सांसद रेशम चौधरी अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपालमा नै रहने भएका छन् । जसपाको आधिकारिकताका लागि भएको ‘हेड काउन्ट’ मा तटस्थ बसेका चौधरीले जसपाको मूलधारमा नै रहने निर्णय गर्नुभएको छ ।
कार्यकारिणी समिति सदस्य रहेका सांसद चौधरीलाई कार्वाही गर्ने वा नगर्ने बारेमा आज पार्टीको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा बैठकबाट नै कारागारमा रहेका चौधरीलाई फोन गरेर कता रहने भनेर सोधिएको थियो । तर वहाँले भन्नु भयो, ‘म जसपामा नै रहेको जवाफ दिनुभयो ।’
चौधरीको जवाफपछि चौधरीलाई पार्टीको कार्यकारिणी समितिमा कायम गरिएको छन् । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएपछि यादवले महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई कार्वाहीको प्रक्रिया थालेका हुन् ।
प्रतिक्रिया