शिर्ष ३ नेतालाई मन्त्री छान्ने जिम्मा: जसपा नेपाल

न्यूज डेस्क     २०७८ श्रावण १३, बुधबार २१:३६ बजे मा प्रकासित


बलिराम कापरी/काठमाडौं, साउन १३
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुनेबारे नेताहरुको टुंगो लगाउने जिम्मा पार्टीका शीर्ष तीन नेतालाई दिनुभएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री चयन गर्ने जिम्मा जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिने समझदारी भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएका छन् ।

बैठकमा धारणा राख्ने क्रममा नेताहरुले मन्त्री समावेशी सिद्धान्तलाई ख्याल गर्नुपर्ने बताएका छन् । उनीहरुले पूर्वपार्टीको लिगेसी पनि हेरेर राम्रो काम गर्न सक्ने नेता छनोट गर्नुपर्ने सुझाव दिएका छन् ।

स्रोतका अनुसार जसपा सरकारमा कसको नेतृत्वमा जाने भन्ने विषयमा टुंगो लगाउन बाकी रहेको बताए । कार्यकारिणी समितिका केही नेताले अध्यक्ष यादवकै नेतृत्वमा जानुपर्ने धारणा राखेका थिए । भने केहीले यसअघि मन्त्री नभएकाहरुलाई पठाउनुपर्ने धारणा राखेका छन् ।

साथै बैठकले जसपासँग एकीकरण भएको नेपाल लोकतान्त्रिक पार्टीको शिवलाल समूहका अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समितिमा थप गरेको हुन् ।

त्यस्तै, केन्द्रीय समिति सदस्यहरुको नामावली अध्यावधिक गर्न राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादव, सांसद रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव रहने गरी ५ सदस्यीय कार्यदल बनाएको छ । उक्त कार्यदललाई साउन १७ गतेभित्र काम सक्नुपर्ने जिम्मेवारी दिइएको छन् ।

प्रतिक्रिया





Top