उपेन्द्र यादवले मधेश भावनाबिपरित काम गरेको: महन्थ ठाकुर

मधेशपाटी अनलाइन     २०७८ श्रावण २३, शनिबार २२:५२ बजे मा प्रकासित


बलिराम कापरी/जनकपुरधाम, साउन २३
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता नपाएपछि महन्थ ठाकुर पक्षका नेताहरू अहिले मधेशमा झरेका हुन् ।

ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया तथा सुरेन्द्र मण्डलसहितका नेताहरुले शनिबार जनकपुरधाममा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गरेका छन् ।

उक्त कार्यकर्ता भेलामा नेताहरुले जसपा अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टी एकता भत्काएर मधेश र मधेशी जनताको भावना बिपरित काम गरेको ठाकुरले आरोप लगाएका छन् ।

तत्कालीन राजपा र सपा एकता गर्ने समयमा आधा आधा भागबण्डा हुने सम्झौता भएपनि यादवले जालझेल गरेको उनले बताए । ठाकुरले केपी शर्मा ओली, बाबुराम भट्टराई, प्रचण्ड र शेरबहादुर देउवा सहितका नेताहरु मधेस आन्दोलनको क्रममा मुद्दा लगाएको र मधेश मुद्दाप्रति गम्भीर नभएको समेत बताएका छन् ।

कार्यक्रममा नेता राजेन्द्र महतोले भने, ‘यादवले पार्टी एकता भत्काएर मधेस र मधेसी जनताको भावनामाथि ठूलो खेलवाड गरेको आरोप समेत लगाएको छन् ।

अर्का नेता शरतसिंह भण्डारीले ‘जसपा नेपाल हाम्रो हो र जसपाबाट जसलाई जहाँ जान्नु छ, भने जादा हुन्छ । यादवले मधेशी जनताको भावनालाई कदर गरेर पार्टी एकीकरण गरे । तर, त्यसलाई टिक्न नदिनु उहाँकै षड्यन्त्रले नै हो, उनले बताएका छन् ।’

प्रतिक्रिया





Top