बलिराम कापरी/जनकपुरधाम, साउन २५
जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । प्रतिगमनको खतरा अझै कायम नै रहेको चेतावनी दिएका छन् ।
कोरोना महामारी झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्ने उनको भनाइ छ । पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने उनले चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटर मार्फतमा डा. भट्टराईले ट्विट गरेको छन्, ‘कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है । पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ । पहिलोले संविधानको स-शरीर हत्या गर्दै थियो । भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ । अत: ढुक्क भएर आ-आफ्ना पार्टी वा गुटतिर नफर्कौँ ।
प्रतिक्रिया