शम्भु पण्डित /जनकपुरधाम, साउन २६
धनुषाको सबैलामा जनमतपार्टी द्वारा सबैलामा ३ महिना सिलाई कटाई तालिम सम्पन्न लगतै ३२ जनालाई प्रमाण पत्र प्रदान गरेको छ ।
जनमत पार्टी सबैला नगरपालिका वडा नम्बर २ का वडा संयोजक नारायण नायकको अध्यक्षतामा, महिला जनमत संघ सबैला नगरपालिका-२ का संयोजन सुनिता चौधरीको पहलमा ३ महिना देखी सिलाई, कटाई तालीम संचालन गरेको थियो ।
सिलाई कटाई तालिमबाट महिलाहरुले आत्मनिर्भर बनाउनको उदेश्यले पनि सिलाई कटाई तालिम संचालन गरेको बताए । यसपछि उनीहरु स्थानीय स्तरमा आत्मनिर्भर हुने विश्वास लिइएको छु, उनले भने ।
जनमत पार्टी सबैला नगरपालिकाका नगर संयोजक संजय प्रधानको प्रमुख आतिथ्यमा, सिलाई कटाई तालीमको प्रमाण-पत्र बितरण गरेर सभ्यता र भब्यताका साथ समपन्न भएको छ ।
प्रतिक्रिया