सिरहा । ट्याक्टर पल्टिँदा सिरहामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका १ निपानेका ३० वर्षीय अरुण यादव रहेका छन् ।
मृतक यादव सोही ट्याक्टरमा लेवरको रूपमा काम गर्दै आएका थिए ।
सिरहामा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ स्थित गागन खोलानजिकै स १ त ५९३५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको हो ।
साउनदेखि भदौ मसान्तसम्म खोला बन्द रहेको अवस्थामा ट्याक्टर रातिको समयमा बालुवा ल्याउन गागन खोला गएको थियो । सोही क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सबै फरार भएका थिए । बिहान मात्रै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव ल्याएर पोष्टमार्टमको लागि लहान पठाएको छ ।
ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टरधनी दिनेश यादव दुवै जना फरार रहेको र उनीहरूको तीब्र खोजीकार्य भइरहेको सिरहाका प्रहरीले बताएको छ ।
प्रतिक्रिया