उपेन्द्र यादवलाई गोली हानी हत्या गर्ने आरोपि १० बर्ष पछी पक्राउ

मधेशपाटी अनलाइन     २०७८ श्रावण २७, बुधबार २१:४३ बजे मा प्रकासित


बिणा श्रीवास्तव, गौर । रौतहटको चर्चित कुश्ती खेलाडी उपेन्द्र यादव लाई गोली हानी हत्या गर्ने आरोपि १० बर्ष पछी पक्राउ परेका छन् । मिति २०६८र०३र २३ गते ८स्३० बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं। ८ स्थितमा उपेन्द्र दास बैरागी भन्ने उपेन्द्र यादवलाई गोली हानी हत्या गरिएको थियो ।

सो कर्तव्य गरी मारेको कर्यव्य ज्यान मुद्धामा राम कुमारी देवीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सोनफी पासवान समेत भएको कर्यव्य ज्यान मुद्धामा वारदात पश्चात फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ हो ।

पक्राउ पर्नेमा जिल्ला रौतहट साबिक प्रेमपुर गोनाही गा।वि।स। वडा नं। ३ हाल देवाही गोनाही नगरपालिका वडा नं। ७ बस्ने जगदेव हजराको छोरा सोनफी पासवान भन्ने सोनफी हजरालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले मिति २०७८ साउन २७ गते जिल्ला रौतहट गौर नगरपालिका वडा नं। ५ सडक खण्डमा हिलडुल गरी रहेको अवस्थमा पक्राउ गरी मिति २०७८।०४।२७ गते सम्मानित रौतहट जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

प्रतिक्रिया





Top