क्षीरेश्वरनाथ नगरपालिकाद्वारा सिलाई मेसिन वितरण गरे

न्यूज डेस्क     २०७८ श्रावण २७, बुधबार २२:२६ बजे मा प्रकासित


बलिराम कापरी/जनकपुरधाम, साउन २७
प्रदेश नम्बर २ को धनुषा जिल्लाका क्षीरेश्वरनाथ नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाई मेशिन वितरण गर्नु भएको हो

बुधबार महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी क्षीरेश्वरनाथ नगरपालिका स्थित वडा नम्बर १ देखि १० सम्मका सिलाई सम्बन्धी सिप लिएका महिलाहरुलाई सिलाई मेशिन वितरण गरिएका छन् ।

नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षतामा भएको कार्यक्रममा सयौं जनाको सहभागिता रहेकोे थियो । यससँगै महिलालाई आफैमा आत्मनिर्भर बनाउन र सीपको सहि सदुपयोग गर्न सिलाई मेशिन वितरण गरेको नगर प्रमुख पजियारले बताएका छन् ।

यसगरी सिलाईको सिप भएपनि आर्थिक अभावका कारण मेशिन किन्न नसकेको महिलाहरुलाई लक्षित गरी सिलाई गरी आफैमा आत्मनिर्भर बन्न सक्ने उद्देश्यका साथ मेशिन वितरण गरिएको नगर प्रमुख पजियारले बताए ।

सो कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका १० वटै वडामा जम्मा करिव १ सय १० जना सीप सिकेको महिलाहरुलाई सिलाई मेशिन वितरण गरिएको छ ।

प्रतिक्रिया





Top