धनुषा युवा सञ्चालले अन्तराष्ट्रिय युवा दिवस मनाउने

न्यूज डेस्क     २०७८ श्रावण २८, बिहीबार २२:१० बजे मा प्रकासित


बलिराम कापरी/जनकपुरधाम, साउन २८
संयुक्त राष्ट्रसंघको आव्हानमा बि. स. २०५६ अर्थात् सन् १९९९ को अगस्ट १२ तारिखको दिन देखि “अन्तराष्ट्रिय युवा दिवस” विश्वभर मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि मात्रै अन्तराष्ट्रिय युवा दिवस मनाउन सुरु गरिएको हो । हरेक वर्ष १२ अगस्टको दिन विभिन्न किसिमका युवा सम्बन्धि नाराहरूका साथ अन्तराष्ट्रिय युवा दिवस मनाउने चलन रहेको छ ।

त्यस्तै धनुषा जिल्लामा सक्रिय संस्था जिल्ला युवा सञ्जाल धनुषाले बिगत ५ बर्षदेखि निरन्तर रुपमा बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरेर कार्यक्रमहरु गरी युवा दिवस मनाउँदै आएका छन ।

यसबर्ष संयुक्त राष्ट्रसंघले तय गरेको (Transforming Food Systems: Youth Innovation for Human and Planetary Health) भन्ने नाराका साथ जिल्ला युवा सञ्जाल, धनुषाको अगुवाईमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सहकार्यमा बिभिन्न कार्यक्रमहरुको आयोजनामा गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएका छन् ।

तीन दिबसीय कार्यक्रमहरु सार्वजनिक गरेका छन । आज कोभिड सचेतना प्रदर्शनी (प्रदर्शनीमा कोराना भाइरस, यमराज, डाक्टर बनेर झाकी गरी नेपाल सरकार मास्क लगाउ अभियानलाई आत्मसात गर्दै मास्क बितरण पनि गर्ने ) र साझमा जानकी मन्दिरको प्राङ्गणमा दिप प्रज्वलन गरी दुईओटा युवा महिला उद्धमीलाई आर्थिक सहयोग गर्नु भएको हो ।

शुक्रबार ट्राफिक सचेतनासंगै नेपाल सरकारको मास्क लगाउ अभियानलाई सहयोग गर्नेछ । शनिबार रक्तदान कार्यक्रम गरी रेडियोमा युवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

कार्यक्रममा साझेदार संस्थाहरुको प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, नेपाल प्रहरी, वोरेक नेपाल, इन्सेक, उन्नत नेपाल, डब्लूएचआरडी, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल परिवार नियोजन संघ, जिल्ला ट्राफिक कार्यालय धनुषा, निल हीरा समाज, माण्डबी, एमनेस्टी इन्टरनेसनल, नेपाल हृदय फाउन्डेसन, रङ्गदर्पण नेपाल, महिला मैत्री समाज तथा एडभोकेसी फोरम लगायतका संस्थाहरु छन ।

जिल्ला युवा सञ्जाल धनुषाका महासचिव कुलदिप साह मधेशीको अनुसार यसपालीको अन्तराष्ट्रिय युवा दिवसमा कोरोना भाइरसलाई मध्यनजर गर्दै कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

त्यसैले युवाहरुलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनका लागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्कि स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसका लागि युवा अपरिहार्य छ ।

युवा दिवसको अवसरमा सञ्जालका महासचिव मधेशीले सम्पूर्ण युवाहरुलाई शुभकामना दिदै कोरोना भाइरससंग लडेर, डटेर आफ्नो जीबनको उदेश्यप्रति अगाडी बढौ भने अनुरोध गरिएको छ ।

प्रतिक्रिया





Top