एजेन्सी, साउन ३० अफगानिस्तानका प्रान्तीय राजधानीहरु तालिवानी लडाकूले कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तानमा आइपुगेको हुन् । अफगानिस्तानका राजधानी काबुलमा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हन् ।
उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने आएका हुन् । अफगानिस्तानमा सङ्घर्षरत तालिवानी लडाकुको समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको नियन्त्रणमा रहेको दाबी समेत गरेका छन् ।
अफगानिस्तानमा रहेका ३४ प्रान्तमध्ये १८ प्रान्तका राजधानीहरु तालिबानी लडाकुको नियन्त्रणमा रहेको उनीहरुले घोषणा समेत गरेका छन् । अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबान लडाकूले राजधानी नै नियन्त्रणमा लिने अभियान सुरु गरेका हुन् । राजधानी कब्जा गर्ने अभियानमा उनीहरु निकै सफल देखिएका छन् ।
विदेशी सैनिक फिर्ता भएको दुई हप्ता मात्रै भएको छ । भने लडाकूले एक हप्तादेखि प्रान्तीय राजधानी नियन्त्रणमा लिने अभियान चलाइरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि शुक्रबार अफगानिस्तानका एक मन्त्रीसँग कुराकानी गर्दै देशको आवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गरेको छ । उहाँहरुको छलफलकै आधारमा शनिबार अमेरिकी सैनिक अफगानिस्तान आएको बताइएका छन् ।
प्रतिक्रिया