बलिराम कापरी/जनकपुरधाम, साउन ३१
धनुषाको हंसपुर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको नगरस्तरीय बिस्तारीत बैठक सम्पन्न भएको छ ।
जसपा धनुषा जिल्ला समितिको सर्कुलर अनुसार हंसपुर नगरपालिकामा बिस्तारीत बैठक हंसपुर नगरपालिकाका नगर अध्यक्ष रामनारायण कापरीकाे अध्यक्षता तथा जसपा प्रदेश सांसद रामअशिष यादव, बिशिस्ठ शैलेन्द्र कुमार यादव तथा केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा सभ्य तरिकाले गरिएको हो ।
बिस्तारित बैठकका प्रमुख अतिथि सांसद यादवले वैकल्पिक शक्तिको रुपमा स्थापित गर्नका लागि संगठन संरक्षण, सुदृढिकरण र संगठन विस्तारमा जोड दिनुपर्ने कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा जसपा केन्द्रिय सदस्य मण्डलले भने, जसपा नेपाललाई नगरस्तरमा मजबुत बनाउनका वडास्तरमा गई नेता तथा कर्याकर्ताहरुलाई समस्या बुझ्ने र समाधानका गर्ने तर्फ हामी सबैलाई हातेमालो गरेर जान्न जोड दिनु भएका छन् ।
कार्यक्रममा विशिष्ठ अतिथिमा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव र जिल्ला उपाअध्यक्ष अम्बुप्रसाद साह, समाजवादी युवा संघ धनुषा जिल्ला अध्यक्ष दिपेन्द्र कापर, समाजवादी विद्यार्थी युनियनका प्रदेश उपाध्यक्ष बिकास यादव तथा धनुषा जिल्ला सचिव बलिराम कापरी उपस्थिती भएका थिए । त्यसैगरी बिस्तारित बैठकमा नगरभरीका नेता तथा कर्याकर्ताहरुको सहभागी भएका थिए ।
जसपा धनुषा जिल्ला समन्वय समितिको निणर्य अनुसार जिल्लाको १८ वटै पालिकाहरुमा संगठन विस्तारका विस्तारित बैठक भैरहेको जिल्ला अध्यक्ष पशुपति यादवले जानकारी दिएका छन् ।
प्रतिक्रिया