तालिवानद्वारा राष्ट्रपति भवन कब्जा, रास्ट्रपति असरफ गनीले देश छोडे

न्यूज डेस्क     २०७८ श्रावण ३२, सोमबार ११:५५ बजे मा प्रकासित


एजेन्सी/काबुल, भदौ ३२
अफगानी राष्ट्रपति अशरफ गनीले देश छाडेपछि तालिवान विद्रोही समुहले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । न्युज एजेन्सी रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति भवन कब्जा भएको जनाएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन नसकेको समाचार जनाइएको छ ।

देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो । भने वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा रास्ट्रपति गानी देश छाडेर विदेश भागेका थिए ।

अफगानी स्थानीय पत्रकार विलाल सरवरीले तालिवानसँग वार्तामा संलग्न दुई सरकारी अधिकारीलाई उदृत गर्दै रास्ट्रपति गानी सत्ता हस्तान्तरण गर्न राजी भएको बताएका छन् । सम्झौताअनुसार सत्ता हस्तान्तरण कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने तय पनि भएको थियो । भने जुन समारोहमा रास्ट्रपति गानी सहभागी हुने तय भएको थियो । तर उनी एकाएक विदेश भागेका हुन् ।

रिपोर्टहरुका अनुसार काबुलको केही स्थानमा गोलाबारी भएको र गोलि आवाज समेत सुनिएका छन् ।

प्रतिक्रिया





Top