सुचनाको माग राख्दै गोडैता नरपालिकाको मेयर यादवलाई ध्यानाकार्षण पत्र

मधेशपाटी अनलाइन     २०७८ भाद्र २, बुधबार २०:३४ बजे मा प्रकासित


सर्लाही,भदौ-२ । सर्लाहीको गोडैता नगरपालिकाको जनप्रतिनिधिले नेतृत्व गरेको एक वर्ष नवित्दै व्यापक अनियमिता र भ्रष्टाचार भएको जनगुनासो बढ्न थाले पछि स्थानियले सूचनाको लागि गोडैता नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र दिइएका छन् । निवेदकले बोद्यार्थ राष्ट्रिय सूचना आयोग, काठमाण्डौं,राष्ट्रिय सतर्कता केन्द्र सिंहदरवार काठमाण्डौं जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई ध्यानाकर्षण पत्र दिईएको जनाइएको छ ।

एउटा सचेत नागरिकको नाताले कानुनले दिइएको अधिकार प्रयोग गरि सूचना उपलब्ध गराइदिन पटक पटक लिखित निवेदन तथा मौखिक अनुरोध गर्दा सूचना लुकाउने, आनाकानी गर्ने र अधुरो एवं अपुरो सूचना लुकाउने काम गरेकोभन्दै पुन : दोस्रो र तेस्रो वर्षको बजेट संचालनमा व्यापक अनियमितता/ भ्रष्टाचार भएको स्थानियले बताएका छन् । कागजात माग गर्दा बदनियतपूर्वक सूचना नदिने सोचबाट आफ्नो गलती ढाकछोप गर्ने उद्देश्यले हुनुपर्छ कि न माग बमोजिमको सूचना उपलब्ध गराउन चाहे नत नगरपालिकाको बेभसाइटमा समेत राखेको देखिदैन ।

विश्वमा सर्वप्रथम सूचनाको हकको व्यवस्था गर्ने मुलुक स्विडेन हो भने दक्षिण एसियामा पहिलो मुलुक नेपाल हो । ४ वर्ष देखि निरन्तर सूचना माग गर्दा नगरपालिकाले उपलब्ध नगराएपछि सोमबार नगर प्रमुख देवेन्द्र कुमार यादवलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
आफ्नो सरोकारको विषयमा जान्न पाउने नागरिकको हक सूचनाको हक हो ।

सूचनाको हक प्रभावकारी कार्यान्वयन गरी सुशासन र विधिको शासन संस्थागत गर्ने पवित्र उद्देश्यका साथ अनियमितता रोक्न, सार्वजनिक पदाधिकारीलाई थप जिम्मेवार र जवाहदेही बनाउने मात्र होइन, पारदर्शिता प्रबद्र्धनमा समेत महत्वपूर्ण भूमिका रहेकोले यसको उपयोग गरी दिगो शान्ति, सुशासन र समृद्धि हासिल गर्न राष्ट्यि सूचना आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को संयोजकत्वमा केन्द्रीय समन्वय एकाइ, प्रेश काउन्सील मार्फत सूचनाको वर्गीकरण, सरकारी कार्यालय निरीक्षण नियमावली, हेलो सरकार, नागरिक वडापत्र, फेसबुक पेज, हेल्पलाइन नेटवर्क, सूचना पार्टी, बेवसाइड अपडेट, अनलाइन सूचनाको व्यवस्था, सूचना अधिकारी आदि गरेको छ ।

तर यस नगरपालिकाले कामै नगरी, कमअसल काम गरी, एउटै शीर्षकको एउटै कामका लागि वडा कार्यालय, नगरपालिका र प्रदेशबाट समेत बजेट राखी÷राख्न लगाई एउटा काम देखाई तीन तिरै फर्छौट गरेको लगायतका विषयमा व्यापक बजेटको दुरुपयोग भएको जनगुनासो भइरहेको सन्दर्भमा जनगुनासो अफुहरु नगरपालिकामा सूचना मागको निवेदन दर्ता गराउदै आएकोमा सार्वजनिक सरोकारको विषयमा पनि सूचना उपलब्ध गराउन विभिन्न कारण देखाई पन्छिदै

आएकोले ध्यानाकर्षण गराउन बाध्य भएको सूचना उपलब्धताको लागि नगरपालिकाले गरेको पटक–पटकको मौखिक प्रतिबद्धता र बेभसाइडमा अपडेट गर्ने आश्वासन स्थानीय तह स्थापना भएको चौथौं वर्षमा पनि पूरा नदेखिन आएकोले यस नगरपालिकाका प्रमुख एवं जनप्रतिनिधि समेत रहनु भएका नगरप्रमुखज्यू समक्ष नै ध्यानाकर्षण गराउन बाध्य भएको निवेदक नरेश प्रसाद कुशवाहाले जानकारी दिए।

प्रतिक्रिया





Top