बलिराम कापरी/जनकपुरधाम, भदौ ४
माओवादी कोटाबाट सभामुख बनेका अग्नी सापकोटाले पदीय मर्यादा भुलेर सभामुखकै कार्यकक्षमा अशोभनिय व्यवहार गरेको खुलासा गर्नुभएका छन ।
सभामुख सापकोटाले नेकपा एमालेले कारवाही गरेका माधव नेपाल सहितका १४ जना सांसदहरुलाई निष्कासन गरिएको पत्रलाई सुचना पार्टीमा टाँस नगरेपछि दवाव दिन पुगेका एमाले सांसद र सभामुख सापकोटा विच नोकझोकनै चलेको थिए ।
कुराकानी राम्रैसँग चल्दै थियो एमाले सांसदहरुले अहिलेसम्म किन सुचना टाँस भएन भनेर सोधपुछ गर्न थालेपछि सभामुख अग्निप्रसादले ‘म हेर्दैछु, म विचार गर्दैछु’ भने एमाले सांसद्हरु बोल्न थाले, सोध्न थाले । जति बोलेपनि जति सोधे पनि सापकोटाले प्रष्ट जवाफ दिएनन् । निकै करकाप थालेपछि सापकोटा रिसाउन र झर्कोफर्को गर्न थाले । सभामुख रिसाउन थालेपछि एमालेका सांसद्हरुमध्ये सबैभन्दा पहिले सांसद महेश बस्नेत तातिए ।
सांसद बस्नेतले अली कडा रुपमा सभामुखसँग प्रस्तुत भएका थिए । हामीले कारवाही गरिसकेका सांसदलाई अहिलेसम्म किन हटाउनु भएन ? कहिले हटाउनुहुन्छ भन्नुस भन्दै बस्नेतले कडा प्रश्न गरेपछि सापकोटा एकाएक जंगिएका थिए ।
सांसद बस्नेतले कुरा नसक्दै, कुर्सीबाट जुरक्क उठेर सापकोटा मलाई दवाब दिन आएको ? मलाई दवाब दिएर निर्णय गराउन आएको ? तपाईंहरुले जे भन्यो म त्यही गर्छु ? मलाई दवाब नदिनुस् । भन्न थाले
सापकोटाको जवाफले सांसद बस्नेत फेरी जंगिएका थिए । हामीले पनि जानेका छौ तपाइले गडबडी गर्न खोजेको गडबडी गर्नुहुन्छ । भने पदीय मर्यादा बाहिर गएर निर्णय गर्नुहुन्छ । भने हामी पनि बल प्रयोग गर्छौं भन्दै बस्नेत झस्किए ।
त्यसपछि सुरु भयो खास लफडा सभामुखको मर्यादा भुलेर सापकोटाले चिच्याउँदै बोल्न थाले । उनले पाखुरा सुर्कंदै ‘के गर्न सक्नुहुन्छ अहिले नै गर्नुस् । मलाई मार्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने मलाई यहिँ मार्नुस् ।’ भन्दै कराउन थाले अस्वाभाविक रुपमा सापकोटा जंगिएपछि एमाले सांसदहरुले मुखामुख गरेका थिए ।
समामुख आवेशमा आएपछि एमालेकी सचेतक शान्ता चौधरीले ‘तपाईंले पहिले यस्तै निवेदन आउँदा २४ घन्टा नबित्दै सूचना जारी गर्नुभयो । हामीले निवेदन दिएको तीन दिनसम्म पनि किन सूचना जारी गर्नुभएन ? भन्दै शान्त तरिकाले सापकोटालाई प्रश्न गरेकी थिइन् ।
त्यसपछि सभामुख सापकोटा फेरी जंगिए ‘सूचना तपाईंले जारी गर्ने कि मैले ? तपाईंहरुले जेजे भन्यो म त्यही गर्छु ? मलाई हेपेको हो ? मलाई थर्काउन खोजेको हो ? सापकोटा सारैनै क्रान्तिकारी पाराले प्रस्तुत भएका थिए । प्रत्यक्षदर्शी सांसदका अनुसार सभामुख सापकोटाको प्रस्तुती अकल्पनीय र अस्वाभाविक थियो ।
प्रतिक्रिया