बलिराम कापरी/जनकपुरधाम, भदौ ५
नेकपा एमाले विभाजन लगत्तै प्रदेश २ मा माधव नेपाल पक्ष एकदम बलियो देखिएको छ । एमालेका २१ सांसदमध्ये १३ जना नेपाल पक्षमा देखिएका छन ।
नेकपा एमाले विभाजनमा गएसँगै प्रदेश २ मा नेता नेपाल पक्ष एकदम बलियो देखिएको छ । नेपाल पक्षको दावी पनि यस्तै छ । एमालेका २१ सांसदमध्ये १३ जना एमाले समाजवादीमा रहेको नेपाल पक्षको दावी छ ।
नेपाल पक्षकी सांसद बेचु लुंगेली भन्छिन्, ‘अहिलेसम्म हाम्रो १३ जना कायम छन्, अझ थपिने सम्भावना छ ।’ २०७४ सालमा तत्कालीन एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्दा प्रदेश २ मा ३२ सांसद थिए । तर, एमाले र माओवादी पुर्ववत अवस्थामा फर्किएपछि एमालेमा रहेका २१ सांसदमध्ये पार्टी विभाजनमा गएपछि १३ नेपाल पक्षमा खुलेका छन् ।
गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि प्रचण्ड-नेपाल समूहले मण्डललाई नेताबाट हटाएर शत्रुधन महतोलाई संसदीय दलको नेता बनाएको थियो । एमाले र माओवादी पुरानो अवस्थामा फर्किंदासमेत नेपाल पक्षका सांसदहरुले महतोलाई नै संसदीय दलको नेतामा निरन्तरता दिए । नेपाल पक्षमा संसदीय दलका नेता महतोसहित सुन्दरबहादुर विश्वकर्मा, रबीन्द्र बैठा, गोबिन्द बहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोद कुमार यादव, हसिमा खातुन, बेचु लुंगेली, मदनसेन प्रसाद श्रीवास्तव, मन्जु कुमारी यादव, सीता गुरुङ र अशोक कुमार यादव रहेका छन् ।
प्रतिक्रिया