लोसपा पनि सरकारमा सहभागी हुने निश्चित

न्यूज डेस्क     २०७८ भाद्र ५, शनिबार ०८:४२ बजे मा प्रकासित


न्युजडेस्क/जनकपुरधाम, भदौ ५
निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने लगभग नै भएका छन् ।

आयोगले नयाँ दललाई मान्यता दिएसगै आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका हुन् ।

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले भने, ‘माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए । माग र मुद्दाका आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ । यो सरकारलाई हामीले भोट पनि दिएका छौं । त्यसैले सरकारप्रति हाम्रो विश्वास छ ।’ नागरिक दैनिक

प्रतिक्रिया





Top