भारतबाट तीन बालकलाई उद्धार गरे: अभियान्ता सरोज राय

मधेशपाटी अनलाइन     २०७८ भाद्र ५, शनिबार १९:४५ बजे मा प्रकासित



बलिराम कापरी/जनकपुरधाम, भदौ ५
कतारमा मृत्युदण्ड पाएका उमेश यादवलाई उद्धार गरि घर पुर्‍याएर नेपालीहरुको बजरंगी भाइजानबाट चिनिएका समाजिक अभियन्ता सरोज रायले भारतको दरभंगा बालगृहबाट पुनः तीन बालकलाई उद्धार गरेका छन् ।

सिरहा जिल्लाको पतार निवासी अमरलाल दास, लहानको महादेव पासवान र महोत्तरी जिल्लाको सुगाको सत्यमलाल झालाई भारतको दरभंगाबाट उद्धार गरि नेपाल फिर्ता ल्याएका छन । ति बालकहरु लामो समय देखी दरभंगास्थित बालगृहमा रहेका थिए । तिनै बालक फरक फरक समयमा भारत पुगेको बताए ।

अभियन्ता रायले दिएको जानकारी अनुसार अमरलाल दास करिब एक वर्ष देखि बालगृहमा थिए । उनी बोल्न सक्दैन । करिब चार महिना दरभंगाबाट दुई बालक उद्धार गर्न आएको बेला अमरको बारेमा जानकारी प्राप्त भयो । महादेव पासवान बारे करिब डेढ महिना अगाडी र सत्यमलाल झा बारे करिब ३८ दिन अगाडी जानकारी प्राप्त भएको थियो । तिनवटै बालकको घरपरिवार खोज्न फेसबुकमा फोटो राखेको थिए र सबैको बुवाआमासंग सम्पर्क भएको अभियन्ता रायले बताएका हुन् ।

उनले भने, त्यहि बेला देखि तिनवटै बालकलाई नेपाल फिर्ता ल्याउन पहल गरिरहेको थिए । आवश्यक कागजात बनाएर भारत पठाए । कोरोनाले गर्दा बाल कल्याण समिती दरभंगाले केहिदिन अगाडी मात्र तिनवटै बालकलाई नेपाल पठाउने निर्णय गरेका थिए । शनिवार दरभंगा पुगेर कागजी प्रकृया पुरा गरि सबैलाई नेपाल फिर्ता ल्याएको उनले बताए ।

उनले कोरोनाले गर्दा आमाबुवालाई साथमा ल्याउन सकेन । नेपाल ल्याएर जिल्ला प्रशासन कार्यलयको मार्फत परिवारजन्यलाई जिम्मा लगाइने जानकारी दिएका छन् ।

प्रतिक्रिया





Top