राजनीति संकट आएकाे अवस्थामा अग्रगमन र प्रतिगमन दुईधारमा परिणत: नेता जितेन्द्र यादव

मधेशपाटी अनलाइन     २०७८ भाद्र ६, आईतवार १९:५४ बजे मा प्रकासित


 

बलिराम कापरी/जनकपुरधाम, भदौ ६
जनता समाजबादी पार्टी (जसपा) का भातृसंगठन बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादवले भने राजनीति संकट आएकाे अवस्थामा अग्रगमन र प्रतिगमन दुईधारमा परिणत भएका छन् । देश पार्टी धेरै भए राजनीति चलखेल बढी भएका कारणले लोकतन्त्र खतरामा पर्न सकिने सम्भावना हुन्छ ।

उपाध्यक्ष यादवले भने, ‘पार्टी फुटाउ अध्यादेश आफैमा अलोकतान्त्रिक रहेको उनले संज्ञा दिनुभएको छ । जब नयाँ पार्टी निर्माण हुन्छ । भने त्यहि खतरा हुन्छ, खतरालाई पनि आँकलन गरेर जसपा पार्टी फुटाउ अध्यादेशकाे बिरोधमा खडा उत्रिने उनले यस्तो बताए ।’

देशलाई संकटमा फसाएर प्रतिगमन गर्ने ओली र तीनका मतियारहरुले पार्टी फुटाउ अध्यादेश ल्याउन सरकार बाध्य भएकाे आराेप समेत लगाउनु भएकाे छ । अध्यादेश नआएकाे भए महन्थ समूहका सबै सांसदहरुकाे पद धरापमा जान सक्ने भएकाेले जसपाका अध्यक्ष उपेन्द्र यादवले सादा सहायता देखाएर तिनीहरुकाे राजनीति भविष्य सुरक्षित गरेकाे चिन्ता ब्यक्त गर्नु भएकाे छ । उनिहरुले घटनाहरु घटाउदा पनि सदाचारी बन्नु भनेकाे ‘सर्पलाई जति दुध खुवाएपनि एक दिन डस्न’ सक्ने भएकाे यादवले चिन्ता ब्यक्त गर्नु भयो ।

बिगत केहि देखि नै ततकालिन मधेशी जनअधिकार फाेरम नेपालका अध्यक्ष उपेन्द्र यादवले “समग्र मधेश स्वायत्त प्रदेश” काे लागि संघर्ष गर्दा जातिगत गतिविधिलाई अगाडि सारी मुद्दा नै कमजाेर बनाएकाे आराेप लगाए । महन्त समुहले राजनीतिमा जातिगत प्रभाब देखाएर कमजोर गर्ने प्रयास गरिरहेको र भण्डाफोरकाे कुनै अर्थ नरहेको उनले बताएका छन् ।

लोसपाका बरिस्ठ नेता राजेन्द्र महतोले मन्त्री बन्ने मरिहत्ते गरेको बेला उनले मन्त्री बन्न मरिहत्ते गर्दा त्यतिबेला जसपाको महन्थ पक्ष सरकारमा गयो । जसका कारण जसपा फुटको वातावरण विकास भएको यादवलेे ठाेकुवा गरेको हुन् ।

उपेन्द्र यादव मधेश जनविद्रोहका नेतृत्वकर्ता पनि भएकोले अहिलेपनि मधेशको हिरो यादव नै भएको दाबी गरे । जुनबेला उपेन्द्र यादव मधेसको परिवर्तनको निम्ति मधेश जनक्रान्ती गर्दै हुनुहुन्थ्यो । ‘त्यतीबेला महन्थ ठाकुर र राजेन्द्र महतो सरकारी वार्ता टोलीबाट संयोजक हुनुहुन्थ्योे’ यादवले बताए । उनले जनता समाजवादी पार्टी (जसपा) फुटेको नभई राजेन्द्र महतो, महन्थ ठाकुर जस्ता केही व्यक्तिलाई अनुशासनहीनताको कारबाही गरिएको समेत टिप्पणी गरेका छन् ।

प्रतिक्रिया





Top