फाइल तस्बिर /जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ५ मा ललियामा एक पुरुष र एक महिलाको हत्या गरि शव गाडिएको अवस्थामा फेला परेको छ ।
शव स्थानिय चेता भन्ने रामवृक्ष मण्डल र नाम थाहा नभएको मृतककै वुहारीको शव फेला परेको स्थानियबासिन्दाहरुले जानकारी दिएका छन् । मृतक महिला भागेश्वर मण्डलको श्रीमती हो ।
मृतक दुवै जना वेपत्ता भएको गाउँलेहरुले खवर पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी घटना स्थल पुगेर अनुसन्धान गरि रहेको छ । घटनाबारे विस्तृत जानकारी आउन बांकी छ ।
महोत्तरीको भमरपुरामा भएको हत्याको घटना नसेलाउदै धनुषामा समेत हत्याको घटना सार्वजनिक भएको हो ।
प्रतिक्रिया