सहिद परिवारलाई आफनै परिवार बुझ्न प्रदेश सरकारलाई अध्यक्ष यादवकोे निर्देशन

मधेशपाटी अनलाइन     २०७८ भाद्र ११, शुक्रबार २०:४० बजे मा प्रकासित


न्युजडेस्क/जनकपुरधाम, भदौ ११
जनता समाजवादी पार्टी नेपालले मधेश आन्दोलनका शहिद परिवार र घाइतेहरुलाई आज एक कार्यक्रम बीच सम्मान गरेको छ ।
जनकपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवार तथा घाइतेहरुलाई गम्छा ओढाई सम्मान गर्नु भएको हो ।

उक्त अवसरमा अध्यक्ष यादवले शहीद परिवारलाई आफनै परिवार बुझि उनिहरुको भरण पोषण तथा घाइतेहरुको उपचारको जिम्मा प्रदेश सरकारलाई लिन निर्देशन समेत दिनु भएको हो ।

यादवले भन्नु भयो, ‘सहिद परिवारलाई रोजगारी दिने क्रममा केही परिवार छुटेको छ । त्यसलाई अविलम्ब रोजगारी दिनु पर्दछ । यसमा प्रदेश सरकारले झालझेल गर्न मिल्दैन ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक कारणले केही सहिद परिवार रोजगारी पाउन नसकेको उल्लेख गर्नु हुँदै, बाँकी रहेको शहीद परिवारलाई छिटै रोजगारी दिने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले सहिद परिवारको रोजगारी तथा घाइतेहरुको भरण पोषणाका लागी प्रदेश सरकारले बजेट विनियोजन गरि सकेको जानकारी समेत गराउनु भयो ।

जसपाका बरिस्ठ नेता अशोक राईले भने, ‘जसपा नेपालमा बस्ने सम्पूर्ण मधेसी, मुस्लिम, आदिवासी जनजाति तथा उत्पीडिनमा परेका समुदायका हो । यसमा सबै नेपाली अटनेछ ।

प्रतिक्रिया





Top